गमक पोष्ट समाचारदाता÷लहान, १३ चैत्र । तराईका गाउँ तथा शहर वजारमा अबैध मदिराको खुला विक्री वितरण र अवैध रुपमा उत्पादन तथा विक्रि वितरण गर्ने काम अझै रोकिएको छैन । सिरहाको हाट वजारहरु गोलवजार, मिर्चैया, धनगढी, चोहर्वा, त्यस्तै सप्तरीको कुशहा, कदमाहामा दिउसै सार्वजनिक स्थलहरुमा मदिरा विक्री हुने गरेका छन् । तर पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन भने प्रहरीको नजर अहिले सम्म पुग्न सकेको छैन ।
गोलबजारमा तथा सप्तरीको सुरुङ्गा नगर पालिका कुशहा तथा कदमाहाँ त सशस्त्र प्रहरी बल बेश क्याम्प अगाडीबाट नै भारि परिमाणमा अबैध मदिरा कारोबार हुने गरेका छन । तर प्रहरी प्रशासन मुख दर्शक भएर बसेका छन् । तर नियंत्रण गर्ने निकाय कहि कतै देखिदैन । लाईसेन्स नलिई सरकारलाई कर नतिरी व्यावसायिक रुपमा मदिरा उत्पादन गर्ने घरेलू मदिरा कारखाना पनि वग्रेल्ती बढदै छन् । सिरहाको एउटा गाउ“मा मात्र दैनिक लाखौ मुल्य वरावरको अवैध मदिरा उत्पादन गरिन्छ भने सप्तरीको कुशहामा ठुला तथा साना गरि मात्रै २२ वटाभन्दा अबैध रकसीभठ्ठी संचालनमा रहेका भने कदमाहामा १३ वटा संचालनमा रहेका छन् भने धाती, मल्हनियाँ, चन्हीमा एक दर्जन भन्दा बढि अबैध भटी संचालनमा रहेका छन । प्रत्येक वजारहरुमा दर्जनौ भठ्ठीहरुले दैनिक हजारौ लिटर मदिरा उत्पादन गर्छन । परम्परागत रुपमा गाउघरमा मदिरा उत्पादन गर्ने प्रविधिलाई नै केही उन्नत बनाएर भठ्ठीहरु बनाईएको छ । अवैध मदिरा उत्पादनवाट सिरहा तथा सप्तरीको कुशहा, कदमाहामा मात्र दैनिक १० लाख जति राजस्व मर्ने गरेको ९ चुहावट ० अधिकारिहरु बताउछन । लाईसेन्सधारी कारखानाहरुले उत्पादन गरेको सौफी रक्सी ९मदिरा० ले नेपालको विभिन्न स्थानहरुमा दर्जनौको ज्यान लिए पछि सरकारले सौफीको विक्री वितरणमा प्रतिवन्ध लगाएको छ । तर आजभोली पनि तराईका वजारहरुमा सौफीको खुला विक्री वितरण भै नै रहेको छ । रोक्ने कुनै निकाय छैन । सौफी उत्पादन गर्ने कारखानाहरुले उत्पादन गरेको लाखौ लाख मुल्य वरावरको सौफी मदिरा लुकाएर राखेको प्रशासनको आ“खा छलेर विस्तारै विक्री वितरण गरिरहेको सिरहा गोलबजारका संचारकर्मी रामउदगार यादवले बताए ।
घरेलू रुपमा उत्पादन गरिएको मदिराहरुमा उत्पादकहरुले रसायनिक मल युरिया मिसाउने गरेको जानकारहरु बताउछन । मदिरालाई कडा बनाउन र थोरै कच्चा पदार्थवाट धेरै मदिरा उत्पादन गर्न युरिया मिसाउने गरिएको ब्यबसायी बताउछन । युरिया मिसाएर बनाईएको मदिाराले स्वास्थ्यमा नाकारात्मक प्रभाव पान चिकित्सक बताउछन । लहानका चिकित्सक डा। बिभा मण्डलका अनुसार, गुणस्तरहिन मदिराको प्रयोगबाट मुटू तथा कलेजोमा चाडो आघात पुग्छ । जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने अबैध मदिरा उत्पादनको यो गोरख धन्दा सिरहा लगायतका पुर्बि तराइमा खुलेआम भै रहेको छ । कमिशन र नजरानाको खेलमा लागेर प्रशासन अब्यबस्थित र अबैध मदिराको उत्पादन रोक्न पहल नगरेको स्थानीवासीहरुको समेत आरोप रहेको छ । सरकारी अधिकारीहरु र स्थानिय प्रहरी प्रशासनलाई अवैध मदिरा बन्द गराउनु भन्दा चलाउनुमा वढी फाईदा रहेको स्रोतको भनाइ रहेको छ । स्रोतका अनुसार, जति अव्यवस्थित र खुला उत्पादन तथा विक्री वितरण हुन्छ त्यति नै कमिशनको मात्रामा वृद्धि हुन्छ । आन्तरिक राजस्व कार्यालय लहानकले सिरहामा अवैध मदिराको उत्पादन उच्च रहेको स्वीकार गर्दै त्यसको नियंत्रणको लागि अहिलेसम्म कुनै कदम चाल्न नसकेको पनि स्वीकार गरे ।

घरेलू मदिरा उत्पादन गरेर विक्री गर्नेहरु भन्छन् यो व्यावसाय हाम्रो जीविकासंग जोडिएको छ । सरकारले वैकल्पिक रोजगारीको व्यवस्था गरोस् अनी मात्र हामी यो पेशा छाड्छौ । यसैबीच सिरहा प्रहरीले अवैध मदिरा नियन्त्रण गर्ने निकाय सक्रिय नहुदाँ अवैध मदिरा उत्पादन गर्ने गिरोह सक्रिय रहेको बताउदै राजस्व कार्यालयले सहयोग मागे आफू अघि बढेने बताउदै आएका छन् ।
एका तिर राजस्व चुहावट, अर्को तिर जनस्वास्थ्यमा नकारात्मक प्रभाव र अव्यवस्थित विक्री वितरणले सामाजिक शान्ति तथा अमन चयनमा खलल पुग्ने यो मदिरा विक्रीलाई स्थानिय प्रशासनले ब्यबस्थित गर्न नसकेको गुनासो स्थानियवासिको रहेको छ ।
कमिशन र नजरानाको खेलमा लागेर प्रहरी प्रशासन अब्यबस्थित र अबैध मदिराको उत्पादन रोक्न पहल नगरेको स्थानीवासीहरुको समेत आरोप रहेको छ । सरकारी अधिकारीहरु र स्थानिय प्रहरी प्रशासनलाई अवैध मदिरा बन्द गराउनु भन्दा चलाउनुमा वढी फाईदा रहेको स्रोतको भनाइ रहेको छ । स्रोतका अनुसार जति अव्यवस्थित र खुला उत्पादन तथा विक्री वितरण हुन्छ त्यति नै कमिशनको मात्रामा वृद्धि हुन्छ । आन्तरिक राजस्व कार्यालय लहानकले सिरहामा अवैध मदिराको उत्पादन उच्च रहेको स्वीकार गर्दै त्यसको नियंत्रणको लागि अहिलेसम्म कुनै कदम चाल्न नसकेको पनि स्वीकार गरे ।
जुनसुकै सरकारले पनि हरेक वर्ष सुर्तिजन्य पदार्थ र मदिरामा करको वृद्धि गर्छ । यी दुई चिज जन स्वास्थ्यको दृष्टिकोणवाट अति हानिकारक भए पनि सरकारको राजस्वको मुलश्रोत भएकोले यसमाथी प्रतिवन्ध लगाउन सक्दैन । तर राजस्व असुलीको लागी मुलश्रोत मानिएको मदिराको अवैध उत्पादन र अव्यवस्थित विक्री विततरणले प्रभाब पारिरहेको सरोकारवाला निकाय बताउछन । कार्यालयमा कर्मचारि अभावले पनि राजस्व अनुगमन हुन नसकेको राजश्व कार्यालयले जनाएका छन् ।
फितलो सरकारी अनुगमनका कारण नाम चलेका ब्राण्डेड मदिराको नाममा सक्कली मदिरा बनाएर बिक्रि गर्नेहरुले पछिल्लो समयमा आएर बजार पाएका छन् ।जसका कारण उपभोक्ता आर्थिक रुपमा ठगिएनुका साथै उपभोतmाको स्वास्थ्यमाथि प्रत्यक्ष असर परि रहेका छन् भने अर्को तिर स्वच्छ व्यवसायहरु समेत मारमा पर्ने गरेका छन् ।
हरेक मदिरा उद्योगभित्रै राजस्वको एउटा एकाइ रहन्छ । तर बजारमा अन्त ः शुल्क स्टीकर नलगाइएका, नक्कली स्टीकर लगाइएका वा गल्त स्टीकर लगाइएका मदिरा छयापछयाप्ती सिरहा तथा सप्तरीका बजारहरुमा भेटिन्छन् । यसले अन्त ःशुल्क छलीमा उद्योगी र सरकारी कर्मचारीको मिलोमतो समेत रहेको उपभोतmाहरुले गुनासो गरेका छन् ।
नेपाल सरकारले नक्कली मदिरावारे बजार अनुगमन तथा न्यायोचित तथा निष्पक्ष बजार अनुगमन गर्दा उद्योगीमात्र होइन सम्वन्धित कर्मचारीहरु समेत कारबाहीको दायरामा आउने उपभोक्ताहरु बताउछन् ।
विभाग आफूसँग स्टीकर अभाव भएका बेला ठूलो बोतलमा कम क्षमताका स्टीकर प्रयोग गर्ने स्वीकृति दिन्छ तर विभागले आफै यसरी एउटा गल्त काम गरेपछि कर्मचारी र व्यवसायी पनि अरु गल्त काम गर्न पल्कनु स्वभाविक भएको व्यापारीहरुको कथन छ ।
यसकारण पनि कतिपय उद्योग व्यवसायीले सधैँ गल्त स्टीकर प्रयोग गदैँ आएका छन् । नक्कली स्टीकर प्रयोग भएका मदिराको मुल्य निकै कम पर्ने भएकाले अहिले सक्कली स्टीकर राखेर कानुनसम्मत व्यापार गर्नेलाई प्रतिस्पर्धा गर्न कठिनाई भइरहेको कुशहाका एक व्यापारीले बताए ।
उनले भने — मदिराको अन्त ःशुल्क दर नै निकै उच्च भएकाले यस्तो छली प्रोत्साहित भएको बुझन सकिन्छ । तर अन्त ः शुल्क तिरेको निम्नकोटीको मदिराको सट्टा उपभोक्ताले अन्त ःशुल्कमा दर्तै नगरी गैरकानुनी रुपमा बनाइएको मदिरा उपभोग गरि रहेका छन् तर सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन् ।
प्रयोग भइरहेका बोतल तथा क्याप नेपालमा सर्वसुलभ उपलब्ध भइ रहेका कारण यसकै प्रयोगबाट नक्कली रक्सी बिक्रिी हुन्छ , जसमा स्टीकर पनि नक्कली लगाइएको भेटिन्छ । अन्त ःशुल्क ऐन २०५८ तथा अन्त ःशुल्क नियमावली २०५९ मा स्टीकर नलगाई वा स्टीकर नक्कली प्रयोग गरी मदिरा बिक्री गर्नेको उत्पादन जफतका साथै उद्योग सम्पति ने जफत गर्न सकिने कानुनी व्यवस्था समेत गरेको छ ।
मदिरा बिक्रि वितरण नियमन निर्देशिका २०६५ मा बिक्रेताले पनि अन्त ःशुल्क टिकट नरहेको समान खरीद बिक्री नै गर्न नपाउने उल्लेख छ तर कमजोर बजार अनुगमनका कारण अवैद्ध मदिरा बिक्री निरन्तर बजारमा बिक्री वितरण हुँदै आएकाले यसबाट झण्डै ५ अर्ब रुपैयाँ अन्त ःशुल्क चुहावट भइरहेको विभागको तथ्यांकले देखाउँछ ।