जनकपुरधाम, २२ कार्तिक। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई माओवादीका प्रदेश सभाका दुई सांसदले विश्वासको मत नदिने घोषणा गरेका छन्।

प्रदेश सभाको शनिबारको बैठकमा प्रदेश सांसद रहबर अन्सारी र माला कर्णले मुख्यमन्त्री सोनल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन्।

सदनमा बोल्दै आफ्नो अनुहारमा कालो मसो लगाउँदै प्रदेश सांसद अन्सारी र कर्णले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने बताए। 

पार्टी निर्णयविपरित विश्वासतको मत नदिँदा पार्टीले कारबाही गरे भोग्न तयार रहेको पनि बताए।  

‘अहिलेको सरकारलाई विश्वासको मत दिंदैनौँ, पार्टीले हामीलाई सजाय दिए पनि हामी भोग्न तयार छौँ,’ बैठकमा उनीहरूले भने। त्यसपछि माओवादी संसदीय दलका नेता भरत साहले उनीहरूलाई बाहिर लगेर सम्झाएका थिए। 

साथै बोलिरहेका बेला सभामुख रामचन्द्र मण्डलले माइक काट्नुअघि अन्सारीले‍ विरोध जनाउँदै एक्कासि आफैँलाई मोसो दले। सांसद अन्सारीले सदनभित्रै मोसो दलेपछि बैठकमा हंगामा भएको थियो।