मुकेश कुमार /यादब सिरहा १६ कात्तिक । पुर्व पश्चिम लोकमार्ग संगै रहेको सिरहाको गोलबजार नगरपालिका ६ बाट एक जना होटल संचालकलाई प्रहरीले पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट गोप्य सुचनाको आधार खटिएको प्रहरी टोलिले २ जना महिला सहित होटल संचालकलाई पक्राउ गरिएको हो ।
बाहिरबाट होटलमा महिलाहरुलाई बोलाई अबैध काममा लगाउने गोलबजार स्थित रहेको बिकाश होटल एण्ड लँजको संचालक ४५ बर्षिय राम सुन्दर साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्र.नि संतोष राईले बताए । उनले’ आफ्नो होटलमा ग्राहक आएपछि होटल संचालक साहले यौनकर्मीहरुलाई फोन सम्र्पक गरी बोलाई आफ्नो ग्राहकको माग पुरा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । संचालक साहले युवती कुरेर बसेको ग्राहक भएको कोठामा पठाइ वेश्यावृति कार्यमा संम्लग्न गराएको प्र.नि.राईले जनााएको छ ।
उनी माथि मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरिने जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिगा्रम पोडेलले जानकारी दिए ।
यता सिरहामा अबैध यौनधन्दा तथा वेश्यावृति दिन प्रतिदिन फस्टाउदै गैईरहेका कारण स्थानियहरु त्रसित भएका छन । सिरहाको लाहान,गोलबजार,मिर्चैया,बन्दिपुर,सिरहा लगायतका होटल तथा लँजहरुमा खुल्लेयाम रुपमा योनधन्दा चल्ने गरेतापनि सम्बन्धित निकाय मौैैैैैैैैैैैैैैैैैैैन रहेको देखिन्छन् ।