गोलबजार, २८ कात्तिक। उद्योग व्यापार संघ गोलबजारको आगामी मंसिर ४ गते हुनगईरहेको निर्वाचनका लागि महेश साह (कोक्वा) प्यानलले १४ बुँदे प्रतिबद्धतापत्र सर्वाजनिक गरेको छ। साहको प्यानलले व्यवसायीहरुको व्यक्तिगत समस्या, बजार व्यवस्थापन तथा संघलाई बलियो बनाउने योजनासहितको प्रतिबद्धता पत्र आज सार्वजनिक गरेको हो। 

साह प्यानलले जारी गरेको प्रतिवद्धता पत्रमा ‘मुख्य राजमार्गमा लाग्ने बजार व्यवस्थापन, व्यापार संघको पार्किङ्गका लागि जग्गा व्यवस्थापन गर्ने, जबर क्षेत्रमा रहेको सवै मिनि मार्केटमा ग्राहक तथा सर्वसाधारणको सहज पहुँच हुनेगरी व्यवस्थित शौचालयको व्यवस्थापन गर्ने, गोलबजारको धार्मीक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको धमिनी मन्दिरको संरक्षण, संवर्धन, पूर्वाधार विकास तथा व्यवस्थित बनाउन सरकार र सरोकारवालासँग समनवय गर्ने उल्लेख’ गरिएको छ।

‘गोलबजारक्षेत्रबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीलाई २१ हजार प्रोत्साहनसहित सम्मान गर्ने, व्यापारीहरुलाई कर प्रणाली, व्यसाय दर्ता, नविकरण तथा सरकारी नीतिनियमबारे बेला बेलामा निःशुल्क अन्तरकृया आयोजना गर्ने, गोलबजारको मुख्य क्षेत्रमा रहेको गाउँ ब्लक जग्गाको लालपूर्जा बनाउन मालपोत कार्यालयसँग समन्य गर्ने,’ जस्ता प्रतिबद्धतापत्र उल्लेख गरिएको छ।  

उनीहरुले जारी गरेको प्रतिबद्धतापत्रमा व्यसायका समस्या, गुनासाहरुलाई तत्काल सम्वोधन गर्न संयन्त्र निमाण गर्ने, व्यवसायीक प्रतिष्ठानमा हुने चोरी तथा अन्य सम्भावित जोखिम न्यूनिकरणको लागि प्रहरी प्रशासन र स्थानीय सरकारसँग समन्वय गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पहल गर्नेे, व्यवसायीहरुले भोग्नुपरेका सरकारी सेवा, कर, विद्युत, सडक, ढल, खानेपानी तथा अन्य व्यवसायिक समस्या समाधानका लागि सम्वन्धित निकायसँग संस्थागत रुपमा आवाज उठाउने, व्यापारीहरुबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने, जाति, धर्म, वर्ग वा राजनीतिक आस्थाभन्दा माथि उठेर व्यसायीहरुको साझा संस्थाको रुपमा संघलाई स्थापना गर्ने उल्लेख गरेको छ।

गोलबजारको व्यवसायीक पहिचान राष्ट्रिय स्तरमा पुर्याउन आँप, तरकारी, फालफल तथा साना उद्योगहरुको उत्पादन राष्ट्रिय स्तरमा पुर्याउन मेला, प्रदर्शनी जस्ता प्रचारात्मक कार्यहरु गर्ने, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, दुर्घटना तथा विपद्जन्य समस्यामा सहयोग र सामाजिक सुरक्षासम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्ने, व्यवसायीहरुबीच उत्पन्न विवाद तथा समस्या आपसी छलपफल, सहमति र समन्वयको माध्यमबाट तत्काल समाधान गर्न संघभित्र प्रभावकारी सहजीकरण संयन्त्र निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ। 

GBR Byapar