सिरहा, २५ कात्तिक। आगामी मंसिर ४ गतेको लागि तय भएको गोलबजार व्यापार संघको निर्वाचनमा अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दिएका छन्। नेपाली कम्यूनिष्ट पार्टी -नकपा_लगायतको समर्थनमा अग्रज व्यवसायी महेश साह सुडी र राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_को तर्फबाट राकेश गुप्ता प्यानलले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
गोलबजारका अर्का व्यसायी शुशिल कुमार अग्रवाल ‘शिलु’ र त्रिदेव कुमार साहलेले एकल अध्यक्ष पदमा उम्मेदवारी दिएको गोलबजार व्यापार संघ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सचिव एक र ९ सदस्यसहित १५ सिटका लागि ३३ जनले उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुरेश साहले जानकारी दिए।
प्रथम उपाध्यक्ष पदकोलागि रामप्रमोद याव र आनन्द कुमार यादव, उपाध्यक्षका लागि मो. सदाम खान र ओमप्रकाश साह, महासचिव पदका लागि अरविन्द कुमार सिंह र विरेन्द्र सिंह,कोषाध्यक्ष पदका लागि कपिलदेव साह र प्रकाश साह तथा सचिव पदका लागि अमर कुमार मण्डल र टेकलाल नायकले उम्मेदवारी दिएका छन्। ९ जना सदस्य पदका लागि १९ जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्षसहित पदाधिकारीमा १४ जनाको उम्मेद्वारी परेपनि एक जनापनि महिला उम्मेदवार छैन। सदस्यकालागि भने ४ जना महिलाको उम्मेदवारी परेको छ।























