सिरहा, २४ कात्तिक। आगामी मंसिर ४ गतको लागि तय भएको गोलबजार व्यापार संघको निर्वाचनले दलितय रुप ग्रहण गरेको छ। नेपाली कम्यूनिष्ट पार्टी लगायतको समर्थनमा महेश साह सुडी (कोक्वा) नेतृत्वमा प्यानलले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेद्वार मनोनय दर्ताको अघिल्लो दिन आज (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टीले तामझामकासाथ राकेश गुप्तालाई अध्यक्षका उम्मेदवारको रुपमा अगाडी सारेको छ। 

rakesh mahesh 23

राकेश  गुप्ताले दुई कार्यकाल कार्यसमितिमा बसेर कामगरिसेकाले आफू पुनः व्यापार संघमा नजाने भन्दै आएका थिए। उनी स्थानीय तहको निर्वाचनमा भागलिने गरी तयारी गरिरहेको चर्चा चलिरहेकाले पनि उनी व्यापार संघमा नआउने धेरै व्यसायीहरुले आकलन गरेका थिए। 

तर, आज एक्कासी प्रतिनीधि सभाका सदस्य द्वय पुरुषोत्तम यादव र शिव यादवसहितका समूहले गुप्तालाई टिका खादा लगाएर व्यापार संघको अध्यक्ष पदको उम्मेद्वाको रुपमा अघि सारेको छ। पार्टीका नेता उपस्थित भएर गुप्तालाई अध्यक्ष पदमा अघि सारेसँगै गोलबजार व्यापार संघको चुनावले दलिय रङ्ग समाएको छ।  

उनीले यसअघि व्यापार संघलाई पार्टीभन्दा माथि स्वतन्त्र, निश्पक्ष र व्यवसायीहरुको साझा संगठन बनाउनु पर्छ भन्ने वकालत गर्दै आएका थिए। अहिले दलको ‘टिका’लागिसक्दा पनि आफू स्वतन्त्र उम्मेदवार भएको दावी गरिहेका छन्।

‘पार्टीको दवाव भन्दा पनि गोलबजारका समग्र व्यवसायीहरुको दवावपछिमात्र अन्तिम समयमा आएर उम्मेद्वारीको लागि राजी भएको हुँ,’ गुप्ताले भने, ‘म व्यापार संघको चुनावमा भागलिने मनसायमै थिइँन, सम्पूर्ण व्यवसायीहरुको अनुरोधपूर्ण दवावपछिमात्र उम्मेदवार हुन तयार भएको हुँ, यसमा पार्टीको संलग्नता छैन, होइन।’

गोलबजारको परिचय फराकीलो बनाउन पनि नयाँ र सक्षम नेतृत्वको आवश्यक रहेकोले गोलबजारका व्यवसायीले उम्मेद्वारीको लागि दवाव बढाएको जिकिर गरे। 

तपाईं दुई–दुई कार्यकाल कार्यसमिति त्यसमा पनि पदाधिकारी भएको मान्छे कसरी नयाँ हुनुभयो भयो? भन्ने प्रश्नमा उनले भने, ‘म प्रमुख पदमा नभएकाले भने जस्तो गर्न सकिएन, अव व्यसायीहरुले मौका दियोभने अवश्य नयाँ केही गरिन्छ।’

उनले पार्टीका नेता तथा प्रतिनिधीसभा सदस्यहरु हामीलाई समग्र व्यसायीलाई समेटेर अगाडी बढ्नभनेर सल्लह दिन आएको जिकिर गरे। 

महेश साह सुडीले भने आफू सर्वसम्मत उम्मेदवार भएको दावी गरे। उनले भने, ‘म सर्वसम्मत  उम्मेदवार हुँ, हिजो सम्म धेरैले मेरै समर्थन गरिहनु भएको थियो। आज एक्कासी साथीहरु किन फेरीनु भएको हो मलाई थाहा भएन, तर अझै पनि साथीहरु मिलाउने प्रयासमा हुनुहुन्छ। चुनावसम्म सवै मिल्छ होला।’ 

मंसिर ४ गतेलाई तोकिएको निर्वाचनमा भोलि बुधबार उम्मेदवार मनोनय दर्ता हुने मिति तय गरेको छ।