सिरहा, २७ कात्तिक। समाजका स–साना दुःख सुख्खमा साथ दिनु नै सवैभन्दा ठूलो समाजसेवा भएको स्थानीय समाजसेवी तथा पूर्व प्रशासक (सीडीओ) ललित बहादुर थापाले बताए। सचेत नागरिक समाज गोलबजारले आज शुक्रवार सृजना सेकेन्ड्री स्कूलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै थापाले ठूलो धनरासी दानगर्नुमात्र समाजसेवा होइन, आवश्यक परेको बेला दिन–दुखिलाई सहयोग गर्नु ठूलो समाजसेवा भएको बताए। 

ss

‘दुःखमा परेका व्यक्तिलाई हौसला दिनुमात्र पनि एक प्रकारको समाज सेवा नै  हो, भन्दै पूर्व प्रशाक थापाले भने, ‘कुनै व्यक्ति अपठेरोमा परेको छ, उनलाई सजिलो बाटो देखाईदिनु, मुखैले हौसल्लामात्र दिनु पनि समाज सेवा हो। तर त्यो लोभ लालच रहित हुनु पर्छ।’

सचेत व्यक्तिहरुले जहिले पनि सहिको समर्थन र गलतको आलोचना गर्नु पर्नेमा उनले जोड दिए। समाजमा दुराचार, भ्रष्टाचार, विकृति, विसंगति मौलाएका बेला त्यसको प्रतिरोध गर्न कहिले राम त कहिले कृष्णको जन्म भएको भन्दै देशमा मौलाएको वेथितीको विरुद्ध जेन–जी आन्दोलन भएको बताए। उनले भने, ‘वेथितीका विरुद्ध, सत्यको पक्षमा कुनै समय कृष्ण र रामहरुले जन्म लिए, नेपालमात्र हैन, आज विश्वभरी युवाहरुले आन्दोलन गरिरहेका छन्। यो आन्दोलन पनि विकृति, विसंगति विरुद्ध र सत्यको पक्षमा भईरहेको छ।’

उनले आफूले जागिरे जीवनमा धेरै व्यक्ति तथा संस्थाहरुलाई आफ्नो बर्कतले व्याएसम्म सहयोग गरेको स्मरण गरे। ८३ वर्षको उमेरमा आज पनि गोलबजारको स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रको विकासको लागि उनी आफ्नो तर्फबाथ प्रयास जारी रहेको बताए। 

शुभकामना कार्यक्रममा स्थानीय समाजसेवी तथा राजनीतिकर्मी पुष्पलाल पाख्रिनले समाजिक सद्भाव कायम राख्न सचेत नागरिक समाजले पहल कदमी लिनुपर्नेमा जोड दिए। उनले शान्ति, सद्भाव र सामाजिक भावना कायम राख्न सचेत नागरिकको कर्तव्य भएको बताए। उनले भने, ‘शान्ति, सद्भाव र सामाजिक एकरुपतालेमात्र गोलबजारको विकास सम्भव छ। यसमा सचेत नागरिकको अझै धेरै योगदान आवश्यक छ।’ 

सोही क्रममा उनले समग्र विकासको जिम्मा लिएका सत्ताधारीलाई खवरदारी गर्नु पनी सचेत समुदायको नै कर्तव्य भएको जिकिर गरे। 

उनले अव आउने स्थानीय निर्वाचनमा जुनसुकै दलको भएपनि असलमान्छे पुग्ने÷पुगाउने ढंगले सचेत नागरिकले पहलकदमी लिन अनुरोध गरे। 

गोलबजार नगरपालिका वडा नम्वर ३ का अध्यक्ष धनप्रसाद लामाले यहाँको हरेक गतिविधिमा स्थानिय सरकारभन्दा अगाडि सचेत नागरिक समाज गोलबजारका साथीहरुले सहयोग तथा पहलकदमि लिने गरेको भन्दै धन्यवाद दिए। 

यहाँ हुने कुनै पनि प्राकृतिक विपत्ति, समाजका अन्य दुःखद घटनाहरुमा यो समाजले स्वयंसेवी रुपमा काम गरेको काम सरहानिय रहेको वडाअध्यक्ष लामाले बताए।

सोही क्रममा उनले गोलबवार नगरपालिकाले गरका राम्रा कामको प्रशंसा र गलत कामप्रति सकारात्मक तथा रचनात्मक सुभावदिन पनि अनुरोध गरे। 

अन्य बक्ताहरुले सचेत नागरिक समाजले सामाजिक कामसंगै स्थानिय सरकार, प्रदेश र केन्द्रय सरकारबाट हुनेगरेका बिकास निर्माण तथा नितिनिर्माणका कार्यहरुमा हुने वेथितीको विषयमा पनि साझा धारणा निर्माण निर्माणगरी खवरदारी गर्नु पर्नेमा जोड दिए।  

समाजका संयोजक तिलक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व शिक्षक भिमवहादुर थापा,  समाजवेवी तथा पूर्व डिभिजनल इन्जिनियर देवनाथ महतो, समाजसेवी तथा युवा राजनीकिर्मी तेजेन्द्र लामा, गोविन्द कार्की, मनोज सिंह, युवा व्यसायी विनोद कुमार साहलगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।