काठमाडौं, २६ कात्तिक। मकवानपुरको भीमफेदी गाउँपालिका ६ चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटनामा परी १० जनाको ज्यान गएको छ।
काठमाडौंबाट सर्लाही आईरहेको मधेश प्रदेश ०३–००१ ज ०८–८८० नम्बरको माइक्रोबस बिहान ६ बजेतिर मकवानपुरमा दुर्घटनाहुँदा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका ८ का करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरटोलका सुवेक यादवसहित १० जनाको मृत्यु भएको छ। बाँकी ८ जनाको अझै पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार गाडीमा सवार १६ सवार थिए।
उक्त दुर्घटनामा परी ५ पुरुष, ३ महिला र २ जना बालिकाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलनजिकै झाडीमा थप एक जना बालक घाइते अवस्थामा भेटिएसँगै दुर्घटनामा परी घाइते हुनेको संख्या ६ पुगेको छ। उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।
बिहीबार बिहान करिब ६स्१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा चालकसहित १६ जना सवार रहेको प्रारम्भिक अनुमान छ।






















