मुकेश कुमार यादव / सिरहा, ३ कार्तिक । जनता माध्यमिक (प्राविधिक) विद्यालय गोलबाजर ४ ले प्रवेश पत्रको नाममा एक सय ८० विद्यार्थीसँग प्र.अ. भरत साहले जनही सय रुपैयाँका दरले १८ हजार असुलि गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ का कारण ११ कक्षाको परीक्षा विद्यालयलाई परीक्षालिन भनेपछि परीक्षा संचालन तथा कपी काट्ने खर्च बापत रकम असुल गरेको हो ।

छिमेकी विद्यालयहरुले यस्तो रकम नउठाएपनि यो विद्यालयले राष्ट्रिय परीक्षा बोर्डेको निर्देशनलाई लत्याउदै नियम विपरित रकम असुल गरेको छ । पछि विभिन्न ठाउँबाट विद्यालयमा दवाव पुगेपछि हतार हतार रसिद छपाएर विद्यार्थीको नामममा काटेको स्रोतले बताएको छ । काटीएका रसिहरुपनि सवै विद्यालयसँगै रहेको छ ।
अघिल्ला वर्षहरुमा परीक्षाको सम्पूर्ण जिम्मेवारी परीक्षा बोर्डको रहनेगरेको थियो । यो वर्ष ११ कक्षाको परीक्षाको सम्पूर्ण खर्च विद्यालयले नै व्यहोर्र्नुपर्ने भएकालेले वीद्यार्थी र स्टाफ बैठक बसेर एक सय रुपैयाँको दरले उठाएको विद्यालयका प्रधानाध्यापक साहले जनाए ।

राष्ट्रिय परीक्षा बोर्ड लहान शाखाका प्रमुख पुष्प खनालले १२ कक्षाको परीक्षामा यो रकम समायोजन गर्नेगरी परीक्षा लिन निर्देशन दिएको बताए । उनलेभने, ‘हामीले पछि १२ को परीक्षा फर्म भर्दा थप रकम लिने गरी परीक्षा संचालन गर्न निर्देशन दिएका छौं, अहिलेनै लिन जरुरी थिएन् ।’
यता विद्यालयका प्रधानाध्यापक साहले अहिले यसरी लगानी गर्न सक्ने अवस्थामा विद्यालयको नरहेकोले रकम लिएको जनाए । विद्यार्थी, शिक्षक सवैको सहमतिमा रकम उठाएका हौं, प्र अ. साहले भने, ‘हामीले अहिले सय रुपैयाँ उठाएका छौं, १२ कक्षाको फर्म भर्दा सय रुपैयाँ घटाएर लिन्छौं ।’

विद्यालयले परीक्षा संचालन बापत भनेपनि रसिदमा भने प्रवेशपत्र बापत भनी उल्लेख गरिएको छ । प्र.अले रसिद समेत नदिई केहि शिक्षको मिलोतोमा विद्यार्थीलाई थप व्ययभार बोक्न बाध्य बनाई आफनो आर्थिक अनियमितता गर्ने इछाले रकम असुलि गरेको हुन सक्ने स्रोतले दावि गरेका छन ।