गोलबजार, १६ असोज। हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर चोहर्वा क्रिकेट टिमल नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यहि असोज २४ गते देखि जनता नमुना उच्च माध्यमिक विद्यालय, चोहर्वाको खेल मैदानमा हुन लागेको हो। प्रतियोगितामा भिविन्न जिल्लाका १६ वटा टिम सहभागी हुने चोहर्वा क्रिकेट टिमका अध्यक्ष सरोज रायले जानकारी दिए। उनका अनुसार सिरहा, सप्तरी, धनुषा र सर्लाहीसहितका जिल्लाका टिम सहभागी हुने छन्। 

प्रतियोगितामा जुन पालिकाको तर्फबाट खेल खेल्ने हो, अनिवार्य रुपमा त्यहि पालिकाकोमात्र खेलाडी हुनुपर्ने नियम रहेको अध्यक्ष रायले जानकारी दिए। 

स्थानीय स्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष रायको भनाई छ। 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एह लाख ११ हजार, द्वितीय हुने टिमलाई ६१ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ।  म्यान अफ द सिरिज नगद  पाँच हजार एक सय, बेस्ट ब्याट्सम्यान र बलरलाई नगद  दुई हजार एक सय रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। 

प्रतियोगिताले स्थानीय क्रिकेट प्रतिभाको पहिचान गर्न, खेलाडीहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्न तथा क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिईएको छ।

टिमका अध्यक्ष रायले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, खेलाडी, स्थानीयवासी तथा सरोकारवालालाई उपस्थित भई प्रतियोगिताको शोभा बढाइदिन अनुरोध गरेका छन्।

-ज्ञानकुमार राय


7274f336-9681-478a-99b0-d4dddee3e62a