गोलबजार, १९ असोज। दोस्रो वडा अध्यक्ष अन्तर प्रदेश आमन्त्रित कराँते प्रतियोगितामा टिम प्रगती डोजो कटारी, उदयपुर प्रथाम भएको छ। गोलबजार नगरपालिका २ नम्वर वडा कार्यालय लालपुरको आयोजना र गोलबजार मेन कराँते डोजो गोलबजार २ को समन्वय सम्पन्न प्रतियोगितामा टिम योग स्पोट्र्स कराँते डोजो कटारी नै दोस्रो र टिम तेस्रोको उपाधी आयोजकले जित्न सफल भएको छ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेटिमले क्रमशः नगद ३५ हजार, २५हजार र १५ प्राप्त गरेको अयोजकले जनाएको छ।
असोज १६ गतेबाट संचालित तेस्रो २ नम्वर वडा अध्यक्ष अन्तर प्रदेश आमन्त्रित कराँते प्रतियोगिता मधेशसहित कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका १७ टिमका खेलाडी सहभागी रहेको आयोजकका कसम लामाले जानकारी दिए।
प्रतियोगितामा ६३ स्वर्ण पदक, ६३ रजत पदक तथा १०६ कास्य पदकका लागि ५ सयजना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै प्रतियोगिताका उदयमान खेलाडीको पुरस्कार आयोजकका स्मारिका मगर र बिशाल तामाङले जित्न सफल भयो।
उदयमान खेलाडीहरुले माउन्टेन साइकल एक–एक थान प्राप्त गर्यो। प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीको पुरस्कार आयोजककी रविना परियार र उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार प्रगति डोजो कटारीका सागर तामाङ जित्यो। उनीहरुले जनही नगद ७ हजार ५०० प्राय गरे।
गोलबजार २ नम्वर वडा कार्यालय गुरुधामको परिसर सम्पन्न प्रतियोगिताको मुख्य सहायक प्रायोजन माउन्ट एभरेष्ट इन्टरनेशनल कलेज गोलबजार ४ सिरहाले सहयोग गरेका थिए।
स्थानीय प्रतिभाहरुलाई स्थापित गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको पुरस्कार वितरण समारोह जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आथित्यमा समपन भयो।
असोज १७ गते भएको उद्घाटन समारोहमा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह प्रमुख आतिथीको रुपमा सहभागी भएका थिए, भने गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको बिशेष उपस्थितिमा उपस्थित भएका थिए।


























