काठमाडौं, १९ असोज। गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने भएको छ। उनी असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन्।

गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन जानलागेका हुन्।

गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ। भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन्।