दुर्घटनामा मृत्यु भएकी गोलबाजर नगरपालिका ४ का ४५ वर्षिया श्रीमती शोभा कुमारी यादव।
सिरहा, १६ असोज। सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतिय गाडीलाई विपरित दिशाबाट आईरहेको टिफर ठक्करदिंदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कर्जन्हा नगारपालिका ४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ गईरहेको म.प्र.०१–००१ ज. ०१२४ नम्बरको विद्युतिय(इभी) गाडीलाई विपरित दिशाबाट आईरहेको म.प्र.०३–००२ ख.३९९६ टिफरले ठक्कर दिंदा विद्युतिय काडीमा सवार यात्रिको मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाइते गोलबाजर नगरपालिका ४ का महेन्द्र यादवको करिव ४५ वर्षिया श्रीमती शोभा कुमारी यादवको मृत्यु उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। दुर्घटनामा परी टाउको, अनुहारमा चोट लागेर अवस्था गम्भिर अवस्थामा रहेका उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
अहिले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखीएको छ।
घाइतेमध्ये गम्भिर अवस्थाका बिरेन्द्र यादवकी २२ वर्षिया छोरी प्रियंका यादवलाई थप उपचारको लागि ९एन हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल काठमाडौं लगिएको छ। अर्का घाइते गोलबजार ६ का सत्य नारायण महतोको श्रीमती ४५ वर्षिय ललिता महतोलाई थप उपचारको बिराटनगर लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा इभी चालक धनगढिमाई २ का ३५ वर्षिय मन्जुर खान, गोलबजार ४ का रामबहादुर मण्डलकी श्रीमती ३५ वर्षिय संगिता मण्डल, बिरेन्द्र यादवकी ५० वर्षिय फुलकुमारी यादवको अवस्था मध्यम खालका रहेकाले उनीहरुको फूलकुमारी मै उपचार भईरहेको प्रहरीले जनाएको छ।
उनीहरु सवैजना जितिया पर्वका बर्तालुहरु थिए। आज नुहाएर खानेदिन भएकाले कमला नदीमा नुहाउन गएको पारिरीक स्रोतले जनाएको छ। घटनाले गोलबजारबासी स्तब्ध भएका छन्।
ठक्कर दिने टिफरका चालक र टिफर प्रहरी नियन्त्रणमा रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






















