मुकेश कुमार यादब /सिरहा २९ भदौ । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले विद्युत चुहावट नियन्त्रण अभियान शुरु गरेको छ । कोरोना भाईरस महावारीका कारण लकडाउन भएपछि विद्युत चुहावटमा बृद्धि भएपछि मिर्चेया वितरण केन्द्रले नियन्त्रण अभियान थालेको हो ।

वितरण केन्द्रबाट गोप्य सूचनाको आधारमा खटिएको विद्युत कर्मचारीको टोलिले गोलबजार नपा १३ दुर्गापुरबाट ११ थान  र मिर्चैया नपा १० रत्नपुरबाट ६ थानगरि १७ थान मोटर  विद्युत चोरीगरि कृषकले आफ्नो खेतवालिमा पानी सिञ्चाई गरिरहेको अबस्थामा १.५ देखि २ एचपिको १७ ओटा पानी तान्ने मोटर नियन्त्रणमा लिएको छ ।mukesh

विद्युत चुहावटबाट राज्यलाई नोक्सानी हुन्छ नै यसले ज्यानै समेत जोखिममा पर्ने मिर्चैया बितरण केन्द्रका प्रमुख इ.दिगम्बर यादवले बताए । प्रमुख यादबले द्यिधुत चुहावटका कारण यस क्षेत्रमा भोल्टेजमा सम्स्या हुने र ट्रान्सर्फमर समेत पड्किने भएकाले हामीले चोरी नियन्त्रणमा कडाई गरेका हौं ।

लकडाउनको अवस्थामा पनि किसानहरुको समस्यालाई ध्यानमा राखेर सिचाई तथा घरमिटरको लागी आउने कुनैपनि सेवाग्राहीलाई २४ घण्टाभित्र प्रक्रिया पुर्याई मिटर उपलब्ध गराउने गरेको समेत प्रमुख यादवले बताए । उनले भने , ‘हाम्रो कारण कुनै पनि किसानले विद्युत चोरी गरिरहनु पर्ने अवस्था छैन, हामी आएको माँगलाई चाडोभन्दा चाडो पुरा गर्ने कोसिसमा रहन्छौ, त्यसैले किसानहरुले जोखिम मोललिनु राम्रो होइन ।’

बरामद गरिएको मटर आवश्यक कार्वहीको लागि कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिईएका सवैलाई विद्युत ऐन अनुसार जरिवाना र कार्वाही गरिने प्रमुख यादवले बताए । घरबत्तिमा हुने चुहावटभने मिर्चैया वितरणकेन्द्रको क्षेत्रमा ९९ प्रतिशत न्यूनिकरण भएको समेतयादवले जानकारी दिए । लकडाउनका कारण विद्युत कर्मचारीहरु कम सक्रिय भएकाले सिञ्चाईमा भने फेरी चोरी वढेको यादवले बताए ।