सिरहा, २७ भदौ । सिरहा जिल्लामा कोभिड १९ संक्रमण बढ्दै गईरहेको र जखिम कायमै रहेको भन्दै असोज १० गतेसम्मको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले निशेधाज्ञा जारी गरेको छ । जिल्लामा कोभिड १९ को संक्रमण नियन्त्रण गर्न भदौ २७ गते राती १२ बजेबाट लागुहुनेगरी दुई साताको लागि असोज १० गतेसम्म निशेधाज्ञा थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले आदेश पालना गर्न जिल्लाका १७ वटै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्य संघ÷संस्था तथा समाजिक संघ÷संस्थालाई अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा हस्ताक्षर गरिएको आदेश पत्रमा अघिकोभन्दा निसेधाज्ञा खकुलो हुनेगरी आदेश गरिएको छ ।
हटबजार, विद्यालय, सभा, जुलुस, जिमखाना, सभागोष्ठी जस्ता मानिस भिडभाडहुने खालका कार्यमा बन्देज लागाएको भएपनि नीजी तथा भाडाका जीप, कार, भ्यान जस्ता सबारी साधनमा अनिबार्यरुपमा मास्क लगाई दुरी कायम गरी यात्रा गर्न पाइने उल्लेख गरिउको छ ।
यस अघि चारपाङ्ग्रो अतिआवश्यक खाद्यान्न, औषधी, इन्धन, दुघ लागएतका सवारी साधन चलेको भएपनि निजी सवारी साधनपनि सञ्चालन निसेध गरेकोमा यो पटक सार्वजनि सवारी साधनलेपनि सुरक्षा सतर्कता अपनाएर जिल्लाभरी चलाउन पाउने भएको छ ।
सार्वजनिक समावरी साधनले अगाडी तिर रो सिट भएका सार्वजनिक सवारी साधनलेमा हरेक यात्रु बस्नु अघि वा ओर्लनासाथ अनिवार्य रुपमा डिसइन्फेक्शन गरी एउटा रो मा मास्क लगाएर एकजनामात्र यात्री राख्न सकिने जारी जानकारी पत्रमा उल्लेख गरिएको छ । अगाडी नफर्कका वा दायाँ बायाँ सिट फर्केका सवारी साधनहरु भने तत्काल चलाउन नपाईने पनि प्रमुख जिल्ला अधिकारी गणेलले बताए ।
सार्वजनिक सवारी साधनका चालक र सहचालकले अनिबार्यरुपमा मास्क लगाउनु पर्ने पनि प्रशानकार्यालयव्द्वारा जारी पत्रमा उल्लेख गरिएको छ । यस अघि जिल्लाले भदौ २७ गते राती १२ बजेसम्को लागि निशेधाज्ञा जारी गरेको थियो ।