मुकेश कुमार यादब/ सिरहा २३ भदौ । कोरेना भाईरसले विश्वनै महामारीका चपेटामा परेका बेला सिरहामा दैनिक ज्याला मजदुरीगरी छाकटार्ने अति विपन्न समुदायलाई लक्षित गर्दै स्थानिय युवाहरुले निशुल्क फुड बैँक सञ्चालन गरेका छन । महिनौ देखिको लकडाउनले दैनिक जिविकोपार्जनमा समस्या भएका समुदायका मनिसहरुलाई गोलबजार नगरपलिकाका स्थानिय युवाहरुले फुड बैंक संचालन गरिएको हो ।
नगरपालिकाको विपन्न वर्गले भोकभोकै बस्नु पर्ने अवस्थामा वडा नम्बर ६ का युवाहरुले निःशुल्क खुल्ला फुड बैंक सञ्चालन गरेको अभियान्ता प्रविन साहले बताए । गोलबजार स्थित ए.एफ.सि.होटल अगाडि शुरु गरेको फुड बैंकका आवश्यक खाद्यन्नको संकलन गर्ने र सोहि स्थानबाट वितरण समेत गर्ने गरिएको अभियान्ता साहले जानकारी दिए ।
अर्का अभियान्ता जितेन्द्र कुमार यादबले भन्ने’ कसैले दिएको एक पोका नुन पनि कसैको लागि सुन बन्न सक्छ’ “खालि पेट भको केही लिएर जाऔ, र भर पेटले केहि दिएर जाउ” भने नाराको साथ अभियान सुरु गरिएको हो ।’ पहिलो दिन ११० भन्दा बढी विपन्न परिवारकालागि खाद्यन्न सामाग्री बितरण गरेको तथा यसलाई निरन्तरता दिदै समुदायमै पुगेर समाजिक दुरि कायम गरि विपन्नको घरघरमा राहत स्वरुप पुर्याउने लक्ष्य रहेको अभियान्ता यादबले जनाए ।
सक्नले जती चामल, नुन, तेल, सोयाबिन, दाल र मुरही लगायतका दैनिक उपभोगय सामाग्री दिएर यस कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन ।