मुकेश कुमार यादब / सिरहा २२ भदौ । सिरहामा लक डाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई एक युवा व्यवसायीले राहत वितरण गरेका छन् । आरम्भ साइन्स एण्ड कल्चर क्लबको आयोजनामा हिमानि फार्मेसि सञ्चालक तथा गोलबजार उधोग ब्यापार सँघको कोषाध्यक्ष समेत रहेका विजय साहले दैनिक ज्यालादारी गरि गुजारा टार्दै आएका विपन्न १५ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

समाजसेवी एवं युवा व्यवसायी साहले विश्वभरि कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि नेपाल सरकारले जारी गरिएको लकडाउन लम्बिएकोका कारण दैनिक छाकटार्न सम्स्या परेका बेला आफुले सके जति सहयोग गरि सामाजिक उत्तरदायित्व वहन गरेको बताए । उनले’ दैनिक ज्यालादारी मजदुरी गरी हात मुख जोडने विपन्न परिवारलाई लक्षित गरी २५केजि चामाल २ केजि दाल, २ केजि आल,ु १ लिटर खानेतेल ,१ केजि नुन लगायतका सामग्री वितरण गरेको बताए ।

सानो सहयोगले पनि ठुलो राहत मिलेको भन्दै राहत लिन आएकाहरुको मुहारमा खुशीयालि छाएको आरम्भ साइन्स एण्ड कल्चर क्लबको अध्यक्ष रामकुमार यादबले बताए । साहले यसअघि पनि विपत्तका वेला सहयोग गर्दै आएका छन् ।