मेघराज सापकोटा सन् १९८० को दशकबाटै नेपालीहरूवैदेशिक रोजगारीका लागि मध्यपूर्वका खाडी देशहरूमा आउने क्रम सुरु भएको मानिन्छ। त्यस हिसाबले अहिलेसम्म ५० लाखभन्दा बढी नेपालीले यी देशमा रोजगारी गरे होलान् भन्ने अनुमान छ। कुनै आधिकारिक तथ्यांक भने छैन।हालका दिनहरूमा झन्डै १२ लाख स्रमिक नेपाली मध्यपूर्वका यी खाडी देशहरूमा कार्यरत छन्। संयुक्त अरब ईमिरेट्स (यूएई) मा तीन लाख, कतारमा चार लाख, साउदी अरबमा तीन लाख, कुवेतमा एक लाख, बहराइनमा २५ हजार र ओमानमा २० हजारको हाराहारीमा नेपाली यी देशमा पसिना बगाइरहेका छन्।सन् १९६० को दशकमा पेट्रोलियम पदार्थको कमर्सियल उत्पादन र बजारीकरणले उच्च
राजेन्द्र महर्जन विश्वले प्रख्यात अभिनेता दिलीप कुमारलाई ९८ वर्षमा गुमाएको छ । मोहम्मद युसुफ खानबाटै दिलीप कुमारको विराट् व्यक्तित्व बनाइएको हो । जीवनभन्दा ठूलो व्यक्तित्व र जीवन्त अभिनयले उनलाई हतपती मर्न दिँदैनन् । खासमा देहान्तचाहिँ युसुफ खानको भएको हो, दिलीप कुमारको होइन । दिलीप कुमार त ब्रिटिस–इन्डियाको पेसावरमा मुसलमान परिवारमा जन्मेका खानमाथि ओढाइएको हिन्दु नाम हो । उनको मुसलमान पहिचान हिन्दु मानसिकता भएका दर्शकका लागि, भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघलाई स्वीकार्य भएन । उनको बहुलवादी, उदार र ‘सेकुलर’ विचार शिवसेनालाई तीतो साबित भयो । त्यसैको
आहुति नेपाल र भारतमा हिन्दु वा मुस्लिमकरण नभएका, सांस्कृतिक रूपमा सम्पन्न र राज्यद्वारा उत्पीडनमा पारिएका समुदायहरू जनजातिका रूपमा चिनिन्छन्, सूचीकृत पनि छन् । राजनीति र समाजशास्त्रमा उनीहरूलाई चिनाउन आदिवासी (इन्डिजिनियस), जातीय समूह (इथनिक ग्रुप), उत्पीडित राष्ट्रियता (नेसनालिटिज) जस्ता शब्दावलीहरू प्रयोग हुँदै आएका छन् । भाषाशास्त्रीहरूले उनीहरूको भाषा छवटा परिवारसँग सम्बन्धित रहेको बताउँदै आएका छन्— आग्नेय, द्रविड, क्रादाई, अण्डमानी, भोट–बर्मेली र भारोपेली । तीमध्ये नेपालका जनजातिचाहिँ आग्नेय, भोट–बर्मेली, द्रविड र भारोपेली भाषा परिवारसँग सम्बन्धित छन्
डा. गणेश रेग्मी समावेशीताले विविधतालाई सम्बोधन गर्छ। पहिचानका लागि सहयोग गर्छ। सिमान्तकृत समूहलाई मूल प्रवाहमा ल्याउँछ। यो आधुनिक र सभ्य समाजको आधार र परिचायक हो। यसलाई निःशब्दको बोली, बेसहाराको आधार,नपाएका वा खोसिएकाको अवसर र समानताको मेरुदण्डकोरूपमा वुझ्न सकिन्छ। हाम्रो संविधान, कानुन र अन्तर्राष्ट्रिय दायित्व (पेरिस प्रिन्सिपल) ले पनि समावेशीतालाई अनिवार्य सर्तकोरूपमा राखेको छ। यो अनुलंघनीय र असंशोधनीय सर्त हो। संविधान र कानुनमा राष्ट्रपति र उपराष्ट्रपतिलगायत स्थानीय तहसम्मका प्रमुख र उपप्रमुखको फरक फरक लिंग वा समुदाय हुनुपर्ने, जनप्रतिनिधि, कर्मचारी र सार्वजनिक
नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा असंवैधानिक एवं अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन–१ र २ को प्रतिगामी कदम चालेपछि हाम्रो मुलुक यति बेला प्रतिगमन र अग्रगमनबीचको द्वन्द्व र संघर्षको प्रक्रियाबाट गुज्रिरहेको छ । प्रधानमन्त्री ओली र निहित व्यक्तिगत स्वार्थ वा गुटगत स्वार्थ वा किञ्चित् भ्रमका कारण ओलीसँग अन्धतापूर्वक बाँधिएकाहरू एकातिर एवं संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर राजनीतिक पार्टी, जनप्रतिनिधि, नागरिक अगुवा, अधिकारकर्मी, बुद्धिजीवी, पेसाकर्मीहरू र आम जनसमुदाय अर्कातिर भएर दुई कित्तामा उभिएका छन् । &
चन्द्र घिमिरे विश्वमा स्टार्टअप अर्थतन्त्रको आकार सुखद गतिमा फैलिँदो छ । स्टार्टअपसम्बन्धी विश्व प्रतिवेदन–२०२० अनुसार, यो क्षेत्रको आकारले ३ ट्रिलियन अमेरिकी डलर चुमेको छ । यो भनेको जी ७ मुलुकमध्ये कुनै एक अर्थतन्त्र बराबर हो । स्टार्टअपको चार्टमा उच्च प्रविधिको स्थान निकै उच्च छ । हरेक दसमध्ये सात कम्पनी उच्च प्रविधिमा आधारित छन् । विश्वमानचित्रमा देखा परिरहेको अर्को बढ्दो प्रवृत्ति के हो भने, विगतमा उच्च विकसित मुलुकमा केन्द्रित स्टार्टअपका केन्द्रविन्दुहरू विकासोन्मुख देशहरूमा पनि बढ्न थालेका छन् । उदाहरणका लागि, क्यापिटल भेन्चर र प्राइभेट इक्विटीमा कु
महेन्द्र पी. लामा नेपालका भूतपूर्व विदेश एवं वित्तमन्त्री अनि प्रतिष्ठित कूटनीतिज्ञ भेषबहादुर थापा र म एउटै वाहनमा तीतामीठा कुराहरू बाँड्दै उत्तराखण्डका तत्कालीन मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई भेट्न गएका थियौं । हृषीकेशबाट निस्कनासाथ अति सुरम्य दृश्यहरू हेर्दाहेर्दै राष्ट्र–राष्ट्रबीचको कूटनीतिमाथि गफ सुरु भयो । भारत–नेपाल प्रबुद्ध व्यक्तिहरूको समूह (इमिनेन्ट पर्सन्स ग्रुप) का अन्य सदस्यसँगै त्यहीँबाट टेहरी जलविद्युत् आयोजना जानपर्ने थियो । यात्रा दिनभरिकै थियो । पुराना कुराहरू निकाल्दै मैले पहाड–पर्वतमा विश्वको त्यति ज्ञान नभएको तर छरछिमेकहरूसँग कसरी क
कृष्णहरि बास्कोटा कोरोना कहरले विश्वलाई नै सङ्कटमा पारेको छ । यसले प्रायः सबै क्षेत्र र पक्षलाई नराम्ररी प्रताडित गरेको छ । जसको दुष्प्रभाव कृषि क्षेत्रमा पनि गर्न गएका कारण कृषि उब्जनी वृद्धि गरी मुलुकलाई आत्मनिर्भर तुल्याउने लक्ष्य प्राप्तिमा कठिनाइ देखिएको छ । यसै सन्दर्भमा, आगामी आ.व.२०७८/७९ को लागि गत जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट जारी गर्नुभएको छ । बजेटको प्रभावकारी कार्यान्वयनका लागि बहस आरम्भ भएको छ । जसमा कृषि क्षेत्रको बजेटमाथि पनि तर्कवितर्क हुनु स्वाभाविकै हो ।बजेटमा कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायीकरण गरी अर्थतन्त्रको प्रमुख आधारका रूपम
घम्बर नेपाली दक्षिण एसियाली समाज जातको मनोवैज्ञानिक हिंसा र त्रासदीबीच बाँच्दै आएको छ । पृथ्वीको यस खण्डमा बसोबास गर्ने झन्डै साढे २९ करोड मानिस कुनै न कुनै प्रकारको जातीय हिंसा भोग्न बाध्य छन् । आफूलाई कथित उच्च जातको ठान्ने अधिकांश दक्षिण एसियाली जातकै कारण त्रासदीपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । उनीहरूमा पनि कथित तल्लो मानिएको जातसँग अन्तरघुलन भए ‘अपवित्र भइने’ तथा ‘जातै जाने’ मनोवैज्ञानिक डरले घर गरिरहेको छ । जातीय प्रभाव हिन्दुमा मात्र सीमित छैन, मुस्लिम, क्रिस्चियन, बौद्धलगायत धर्महरूमा पनि छिरेको छÙ तीव्र बसाइँसराइका कारण देशका सीमाहरू नाघ्दै
डा. कुन्दन अर्याल बेलाबेला सुनिन्छ, कसैले मिडिया सञ्चालक वा पत्रकार भएको अनुचित फाइदा उठाउन खोज्यो । कतिपय बेला सुनिन्छ, पत्रकारले कुनै विषयलाई अत्यधिक महŒव दिँदै जनमतमा अनुचित प्रभाव जमाउन खोज्यो । त्यतिमात्र होइन, हिजोआज धेरै सुनिन्छ, अमूक मिडिया आउटलेटले अमूक विषयमा एजेन्डा नै सेट गर्न खोज्यो । आजको समाज मूलतः मेडिएटेड सञ्चारमा आश्रित छ । विश्वका हरेक कुनाको व्यक्तिलाई विश्वभरका मानिससँग संवाद गर्नुपरेको छ, विश्वभरको जानकारी राख्नुपरेको छ । त्यसैले मानिस संसारभरको खबर आमसञ्चारमाध्यमबाट अधावधिक गरिरहेका छन् । तर, आफ्ना आँखाले देखेकाभन्दा बढी मिडियाले देखाउने तस्बिरमा विश्व
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved