सिरहा, ५ भदौ। ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सिरहाकले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन्। सिरहा सदरमुकामस्थित ओम शान्ति भवन र जिल्ला कारागारमा सम्पन्न रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका हुन्। 

B3

रक्तदान कार्यक्रममा स्थानीय जनप्रतिनीधि, व्यसायी, कर्मचारी, काराकारका कैदिवन्दिहरु सहभागी रहेको ब्रह्मकुमार बबिन भाईजीले जानकारी दिए। उनका अनुसार ओम शान्ति भवनमा २५ र गारागारमा ५० गरी ७५ जनाले रक्तदान गरेका हुन्।  

B2

ब्रह्माकुमारी समाज सेवा प्रभाग र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सिरहाले विश्व वन्धुत्व दिवसको अवसर पारेर सिरहासहित देशभर ३ दिन रक्तदान कार्यक्रममको आयोजना गरेको छ।

B4

सिरहाको बन्दिपुरस्थित ओम शान्ति भवनमा भोली ६ गते शनिवार, ७ गते आईतबार गोलबजारको उद्योग बाणिज्य संघको भवनमा, ८ गते सोमबार सगरमाथा चौधरी आँखा अस्पताल लहान र ९ गते मंगलबार ओम शान्ति भवन लहान(पुरानो विजुली अफिस नजीक)मा रक्तदान कार्यक्रमको आयोजना हुने आयोजकले बताएको छ। 

विश्वव्यापी वरुपमा भईरहेको यस रक्तदन कार्यक्रम जनकपुर सेवा आश्रम अन्तर्गत सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र उदयपुर जिल्लाको १७ स्थानमा आयोजना हुने आयोजक संस्था ब्रह्मकुमारी राज योग सेवा केन्द्र जकमपुरकी प्रमुख सृजना दिदीले जानकारी दिए। उनले पायक पर्ने स्थानमा गएर रक्तदान जस्तो महान कार्यमा सहभागीहुन आव्हान गरे।