काठमाडौं, २ असार। फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्ट विचको खेल बराबरीमा टुङ्गिएको छ। उनीहरुले प्रात अंक बरामरी बाँडेका छन्।

साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन । मियामी रङ्गशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो। उसले खेलको ८० औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको छ। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन्। दुवै टोलीले एकरएक अङ्क बाँडेका छन्।
यस्तै स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन्। समूह ‘एच’ अन्तर्गत अमेरिकाको एटलान्टामा गए राति भएको खेलमा सन् २०१० को विश्वविजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाब दिए पनि गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकिएको हो। केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्त्वपूर्ण एक अङ्क दिलाए।
त्यस्तै, समूह ‘जी’को आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। इजिप्टले १९औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो।
१–१ गोलको बराबरी भएसँगै दुवै टोलीले अङ्क बाँडेका छन । अहिले बिहान पौने ७ बजे इरान र न्युजिल्याण्डले खेल्दैछन्।






















