सिरहा, १२ कात्तिक। जिल्ला खेलकुद विकास समिति सिरहाले १० औं  राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता २०८३ अन्तर्गत ‘साइक्लिङ्ग’ खेलको छोनोट प्रकृया सम्पन्न गरेको छ। जिल्ला खेलकुद विकास समिति सिरहाको आयोजना तथा साइक्लिङ्ग संघको संयोजकत्वमा बुधबार छनोट प्रतियोगिता सम्पन्न भएको हो। 

साइक्लिङ्ग छनोट अन्तर्गत पुरुषतर्फ १० र महिलातर्फ ७ जना छनौट गरिएको विकास समितिले जनाएको छ। महिला साइक्लिङ्गतर्फ मधु सिंह प्रथम, रिङ्कु कुशवाह दोस्रो, सलोजी महरा तेस्रो, तृषा शर्मा चौथो, काजल यादव पाँचौं, अस्मिता सिंह छैठौं र अनुस्का ठाकुर सातौं स्थानमा छन्। 

पुरुषतर्फभने प्रथम संजय मण्डल, दोस्रो राजन कुमार मण्डल, तेस्रो राहुल प्रसाद साह चौथो विकी राउत र पाँचौं मो. अब्दुल वानित भएका छन्। 

त्यसैगरी, देकराज सिंह छैठौं, मो. अतिवाज लहेरी सातौं, मो. आसिम फैसल आठौं, निशान्त कुमार यादव नवौ र प्रवेश सेख दशौं स्थानमा छनोट भएको खेलकुद विकास समितिले जनाएको छ। 

छनौट प्रतियोगितामा १४ जना पुरुष र ७ जना महिला सहभागीता रहेको थियो। 

साइक्लिङ्ग संघका अध्यक्ष प्रविण गौतमको अध्यक्षता र खेलकुद विकास समितिका कार्यालय प्रमुख हुकुमलाल कामतिको प्रमुख आतित्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। 

उद्घाटन कार्यक्रममा मधेश प्रदेश खेलकुद परिषदका सदस्य निशेष श्रेष्ठले खेलकुदको विकासको लागि समग्र समाजको साथ र सहयोग आवश्यक रहेको बताए। ‘खेलकुदको विकासको लागि सवैको साथ र सहयोगमा आवश्यक छ, यसले हाम्रो युवापुस्तालाई सृजनशिल र सचेत बनाउन पनि मदत गर्छ,’उद्घाटन मन्तव्यका क्रममा उनले भने। 

राष्ट्रिय खेलकुदको लागि जिल्ला स्तरीय छनोट प्रतियोगिता भनिएपनि सहभागीता खत्यन्त न्यून रहेको टिप्पनी भएको छ।

19d9b687-b4d9-49cc-a350-b4b011df4a93b3eada05-8735-4117-b36e-1e115e926937