काठमाडौं, १२ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो।
जनकपुरका लागि मोइन अलिले अविजित ५८ रन बनाए । उनलाई सैफ हसनले ४० रन बनाएर साथ दिएका थिए।
यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको काठमाडौंले १९.३ ओभरमा १० विकेटको क्षतिमा ११५ रन बनाएको थियो। काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका युवा बलर चार विकेट लिएका थिए।






















