सिरहा, ३१ जेठ। नेपालमा नसर्ने रोगका कारण मृत्युको संख्या दिदिनै बढ्दै गएको छ। मुटु, ब्लडप्रेसर रक्तनलि सम्न्धि रोगहरु, स्वासप्रस्वास सम्वन्धि रोग, क्यान्सर, मधुमेह, किड्नी फेल हुनेजस्ता नसर्ने रोगका कारण कुल मृत्युको ७१ प्रतिशत हुने गरेको छ। 

da8c41a5-1d1b-416f-8431-53f0500564b4

पछिल्ला दिनहरुमा यस्ता नसर्ने रोग ‘साइलेन्ट किलर’को रुपमा देखापरेको स्वास्थ्यकर्मीहरुले बताए। सिरहाको गोलबजारमा आज मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित ‘नसर्ने रोगको पहिचान, रोकथाम तथा नियन्त्रण सम्वन्धी सञ्चार कमर्यक्रम’का सहजकर्ता लक्ष्मी चौधरीले अस्वस्थखर खानपान, अल्छी जीवनशैलीका कारण यस्ता घातक रोगको दिनदिनै वृद्धि भईरहेको बताए। 

उनले भने, ‘हामीले खाएको अस्वस्थकर खाना, अनियन्त्रित मदिरा सेवन, सुर्तिजन्य पदार्थ सेवन र शहरीया जीवनशैलीका कारण दिनदिनै यस्ता रोगहरुको वृद्धि भईरहेको छ।’

57cca7f4-10b6-4fca-be44-af455814ad31 1

यस रोग लाग्नुको धेरैकारणहरुमध्ये मुख्य कारण चुरोट, खैनी, पराग, गुठ्खाको प्रयोग, मदिराको हानिकारक प्रयोग, नुन, चिनि र चिल्लो खाने वस्तु सेवन,  चाउ–चाउ, चिप्स, कुरकुरेजस्ता पत्रु खानाको प्रयोग, सनफ्लावर तेलको प्रयोग हुने गरेको छ। 

यस्ता नसर्ने रोगहरुबाट बच्न हाम्रो खाने बस्तुहरुमा हरियो सागपात, फलफूल, ताजा तरकारी, दुध दही, माछा मासुनको उचित सेवन, दैनिक व्यायामको आवश्यक भएको अर्का सहज कर्ता गोलबजार नगरस्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले बताए।   

उनले खान पान, उचित व्यामसँगै नियमितरूपमा ब्लड प्रेसर, चिनि जाँच, किड्नीको चाँज, उचाइको आधारमा तैल सन्तुलन भए नभएको चेक जाँच गर्नु पर्नेमा जोड दिए। 

उनले यसता रोग रोकथाम स्वास्थ्य क्षेत्रको एक्लो प्रयासलेमात्र प्रयासले नहुने बताए। उनले शिक्षा, कृषि तथा अन्य पेसा ब्यवसायको पनि सहयोग आवश्यक रहेको बताए। 

प्राथमिक शिक्षाबाटै उचित स्वास्थ्य शिक्षा, विषादी रहित अन्न तथा साग तरकारी उत्पादन र सेवनले पनि हामी स्वस्थ रहन सक्छौं। 

स्वास्थ्य कार्यालय सिरहाका प्रमुख युगलकिशोर यादव, गोलबजार नगरापलिका ४ का वडा अध्यक्ष सकलदेव यादव, गोलबजार नगरपालिकाका स्वास्थय शाखा प्रमुख सरोज कर्ण, उपप्रमुख पवन पजियारको उपस्थितीमा सम्पन्न भएको थियो। कार्यक्रममा गोलबाजार नगरपालिकाका स्वास्थ्य कर्मी, स्वास्थ्य स्वयसेविका, स्थानिय संचारकर्मी, समाजसेवीको सहभागीता रहेको थियो। 

mount 2082 1