एसके राय
सिरहा, १ साउन। हेल्पिङ हर्ट नेपालले जिल्लाका विभिन्न पालिकाका ९५ जना अनाथ तथा विपन्न बालबालिकालाई १२ लाख ७१ हजार ६ सय ७० रुपैयाँ आर्थिक सहयोग गररेको छ। सिरहाको गोलबजारमा एक समारोहको आयोजनागरी प्रति विद्यार्थी १३ हजार तीन सय ८६ रुपैयाँका नगदका दरले उक्त रकम शैक्षिक सहयोगको रुपमा प्रदान गरिएको हो।
अनाथ बालबालिकाको जीवनस्तर सुधारगरी शैक्षिक उन्नयनको उद्देश्यसहित संस्थाको नियमित कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष जियाउद्दिन खानलेले जानकारी दिए। उनका अनुसार अनाथ बालबालिकाहरु शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले संस्थाले आर्थिक र समय समयमा खाद्यान्न सहयोग गर्दै आएका छौं।
कार्यक्रममा सेवाग्राही ९ वर्षिय बालिका वर्षा साफीले संस्थाको सहयोगले आफूले पढ्ने अवसर पाएको बताए। उनले भने, ‘मेरो बुवा हुनुहुन्न। हेल्पिङ्ग हटको आर्थिक, शैक्षिक समाग्री र खाद्यान्न सहयोगले मलाई पढ्न सजिलो भएको छ। धन्यवाद हेल्पिङ्ग हर्ट।’
त्यसैगरी, अर्का सेवाग्राही करिव २५ वर्षिय सोमनीदेखि महराले हेल्पिङ्ग हर्टको सहयोका कारण आफ्नो बालबच्चालाई पढाउन सहयोग पुगेको बताए। उनले भने, ‘मेरो श्रीमान हुनुहुन्न, मेरा कमाईगर्ने राम्रो उपाय पनि छैन। संस्थाको सहयोगले मलाई जीवनधान्न सजिलो भएको छ।’
शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा अतिथि गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठले बालबालिकाको शैक्षिक विकासकोलागि हाम्रो साझा दायित्व रहेको बताउए। उनले हेल्पिङ्ग हर्ट नेपालले समाजमा सकारात्मक परिवर्तन ल्याउन अत्यन्तै सराहनीय रहेको बताए । साथै, नगरपालिकाले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममा सधैं सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका उपप्रमुख ममता कुमारी यादव, गोलबजारका व्यवसायी राम सगुन यादव, उद्योग वाणिज्य संघका अध्यक्ष विजय साहलगायतका उपस्थिति रहेको थियो।