लहान, २९ माघ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले सवै क्षेत्रलाई समेटेर बजेट परिचालनको दिशामा अघी बढेको बताएका छन्। सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको ४२ औं वार्षिकोत्सव कार्यक्रममालाई सम्वोधन गर्दै मुख्य मन्त्री सिंहले प्रदेशमा अहिलेसम्मकै सवैभन्दा धेरै बजेट परिचालन हुने बताएका हुन्। 

24853f6b-85be-4fd0-b787-46ccba3a129a

अघिल्ला सरकारले जस्तो वितरणमुखि योजनाले विकासको गति नलिने बता उनले बताए। उनले अघिल्ला सरकारले प्रदेशको ८ जिल्लाका १३६ पालिकामा ११ हजारभन्दा बढी योजना छरेको टिप्पनी गर्दै मुख्य मन्त्री सिंहले भने, ‘म यसरी छिटुवा योजनाले विकासको गति लिन्छ भन्ने विषयमा विश्वास गर्दिन, त्यसैले सानो समयमा भएपनि सवै क्षेत्रलाई समेटेर बनाएको थियो। अवको दिनमा त्यसलाई अझै प्रभावकारी बनाउने छौं।’

‘छिटीएका बजेटबाट  निर्माणभएका धेरै योजना आधा अधुरा छन्, धेरै योजनाहरु जमिनमाथि देखिन्छ।  कतिपय योजना जमिन भित्रै छ; उनले भने, ‘यसरी वितरण गरिएका सवै योजनामा बजेट पुनः हाल्न सकिने अवस्था छैन। ५ –१० लाख लगानी गर्दा निर्माण पुरा हुने योजनाहरुको विषमा अध्ययन गरेर बजेट हालिन्छ।’

अहिले सरकारले प्रकृया पुरा गरेर हालै १९ अर्बभन्दा बढी रुपैयाँ बराबरको योजना ठेक्कामा प्रकृयामा गएको बताउँदै मुख्य मन्त्री सिंहले यो प्रदेश सरकारको हालसम्मकै सवैभन्दा बढी योजना प्रकृयाबाट खर्च गर्न लागिएको दावी गरे।

सोही क्रममा उनले प्रदेश सरकार अहिले शिक्षा, स्वास्थ्य र विकास निर्माणको काममा योजनाबद्ध ढङ्गले, विधि र प्रकृया पुर्याएर काम अगाडी बढाई रहेको बताए।  

सम्वोधनको सुरुमै सगरमाथा चौधरी आँखा अस्पताल देशको, प्रदेशमात्र नभएर हाम्रो ठाउँलाई विश्वभरी चिनाउने धरोहर भएको बताए। उनले आँको क्षेत्रमा पनि कानुन बनाउने प्रकृया सुरु भएको भन्दै यो अस्पताललाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।

सोही क्रममा उनले आफ्नो आज अस्पताललाई शुभकामना मन्तव्य व्यक्त गर्ने मनसायमात्र रहेपनि यहाँको परीवेशले केही राजनीतिक विषय समेत उठाउनु परेको भन्दै यसलाई अन्यथा नलिदिनहुन आग्रह गरे।