सिरहा, ९ मंसिर। सिरहाको गोलबजार नगरपालिका ४ स्थित धमिनी लघु उद्योग (चामल मिल)बाट निस्केको धुलो र धुवाँले स्थानीय आजित भएका छन्। दिनहुँ उद्योगबाट निस्कने खरानी भान्सा, ओछ्यान, खाना, लत्ताकपडा देखि घरभरी दैनिक रुपमा फैलिएपछि स्थानीय पीडित भएका हुन्।
यसरी मिलबाट निस्ने धुवा र धुलो नियन्त्रणको लागि पछिल्लो ७ वर्षदेखि उद्योगका सञ्चालनक, नगरपालिका, स्थानीय प्रशासनसहित सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि वास्ता नगरेको स्थानीयहरुको दुखेसो छ। उनीहरुले पपिछल्लो ७ वर्षको अवधिमा भन्नु पर्ने र जानकारी गराउनु पर्ने सवैलाई भने तर कसैले कुनै वास्ता नगरेको गुनासो गरे।
स्थानीयले अव यस्तै अवस्था रहिरहे हामीले मिलमै ताला लगाउनु पर्नुे अवस्था आउन सक्ने बताए। उनीहरुले भने, ‘हामीले जानेको, चिनेको सवै निकायलाई हाम्रो दुःख सुनायौं, नियन्त्रण गर्न÷गराईदिन अनुरोध गर्यौं। कसैबाट कुनै ठोस पहल भएन। यस्तै अवस्था रहिरहे हामी मिलको गटमै ताला लाउने अवस्थामा पुग्छौं।’
‘चामल मिलमा बाल्ने भुसका कालो मसिनो धुलो र कालो धुँवाले हामीलाई घरमै बसी नसक्ने अवस्था बनायो। छतमा सुकाएको लुगामा कालो धुलो टाँसीने, खानामा पर्ने, ओछ्यानमा कालो धुलो टाँसिएर दिनहुँ फोहर हुने गरेको छ; स्थानीय सोभित कुमार साहले भने, ‘यतिमात्र हैन बारीमा लगाएको साग सब्जीमासमेत कालो धुलो टाँसिएर हेरी नसक्नुको भएको छ। नियन्त्रणको लागि मिलका सञ्चालक महेश साहलाई पटक पटक अनुरोध गर्यौं, विभिन्न बहाना बनाएर टार्दै आएको छ।’
धुलोका कारण बस्न नसक्ने भएपछि घर, जग्गा जमीन नै बेच्ने सम्म हुन थालेको स्थानीयहरु बताउँछन्। धुलो र धुवाँले बस्न नै नसकीने अवस्था आएपछि मिल नजिकै घरभएका मो. इम्तियाज खान घर बेचेर ठाउँ सरेको उनका छिमेकी मो. जाहिर खानले बताए।
उनले भने, ‘छत वडहार्नु पर्छ, बरण्डा, भरभित्र खरानी पसेर वस्न नसक्ने अवस्था हुन्छ। दिनहुँ घर, बरन्डा पानीले पखाल्नु पर्छ। हामीलाई यहाँ बस्न गाह्रो भईसकेको छ।’
सन्तोष, सोभित, सुमेश, जाहिरमात्र हैन यहाँका करिव दुई सयभन्दा बढी घरपरीवारले यहि समस्या झेलिरहेका छन्। प्रोपराइटर साहले कसैको कुरा सुनेको नसुन्यै गरेपछि हामीले ‘मिडीया’ साहारा लिनुपरेको स्थानीय बताउँछन्।
गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले लामो समयसम्म कालो धुँवाको सम्पर्कमा रहँदा मानिसमात्र हैन पशुमा पनि कुप्रभाव पर्ने बताए। धुलो धुवाँका कारण स्वाँसप्रस्वास सम्वन्धि विभिन्न रोग लाग्नुको साथै, आँखा र छालामा पनि समस्या आउने बताए। स्वास्थ्य प्रमुख कर्णले थपे लामो समयसम्म यसको सम्पर्कमा रह्योभने क्यान्सर सम्म हुन सक्छ।
यसको नियन्त्रणको लागि स्थानीय तह र सम्वन्धित निकायहरुले पहलकदमी लिनु पर्ने उनको कथन रहेको छ।
मिलका सञ्चालक साहले भने एक महिना भित्र अहिले निस्केको भन्दा ८० प्रतिशत धुलो र धुवा कम गर्ने उपकरण जोड्ने बताए। उनले भने म त्यस्तो उपकर जोड्ने प्राविधिक खोज्दै छु। चडौ नियन्त्रणको उपाय लगाउँछु।