जनकपुरधाम, २८ कार्तिक। धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ। उनको शुक्रवार बेलुका अज्ञात व्यक्तिहरुले चलाएको गोलीबाट मृत्यु भएको हो।
नगर प्रमखु जेन्द्र प्रसाद यादवका अनुसार शुक्रबार साँझ ६ बजेको आसपासमा उनीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर घाइते वडा अध्यक्षको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषााले जनाएको छ।
उनी स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए। यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





















