लहान, २८ कार्तिक। सिरहाको लहानमा नहरमा डुवेर एक युवतीको ज्यान गएको छ। लहान ११ पडरियास्थित ग्राण्ड होटेल अगाडीको नहरमा जमेको पानीमा डुवेर  स्थानीय रामेश्वर चौधरीको २६ वर्षिया छोरी सुनिता चौधरीको विहिवार अपरान्ह ज्यान गएको हो। 

स्थानीयले पानीमा डुबेर मृत्यु भएको टेलिफोन मार्फत प्रहरीलाई  जानकारी गराएको थियो। जानकारी पाउनसाथ  पुगेका प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टको लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको छ।

मृतक युवतिको मानसिक सन्तुलन ठिक नभएको भनियपनि घटनाबारे थप अनुसन्धान भईरहेको लहान प्रहरले जनाएको छ।