सिराहा, ३० कार्तिक। सिरहा प्रहरीले १ ग्राम ६ सय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पत्राउ गरेको छ। प्रहरीले नवराजपुर गाउँपालिका ४ नवराजपुरबाट लहान नगरपालिका १ मटिहरवा का २६ वर्षीय शितल चौधरी र सप्तरीको सुरुङ्गा नगरपालिका ७ चक्रदहाका २१ वर्षीय बिक्रान्त चौधरीलाई शनिवार साँझ पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स. १० प ७८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालिले जानकारी दिए।






















