ज्ञान कुमार राय
सिरहा, ३० कार्तिक। सिरहाको विभिन्न मदिरहरुबाट चोरी भएको ४० थान घण्टी आज गोलबजार ८ चोहर्वाको एक भाँडा पसलबाट बरामद गरेको गरेको छ। चोहर्वामा भाँडापसल सञ्चालन गर्दै आएका रामपुकार यादवले कवाडीबालालाई विक्रि गरिरहेको अवस्थामा प्रहरीले विभिन्न साइजका उक्त घण्टी बरामद गरेको हो।

कबाडी सामान खरिद गर्ने व्यसायीले प्र १–०४–००१ ख ०१२४ नम्वरको ट्रकमा घण्टी लोड गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए। खवर पाउनसाथ पुगेका इलाका प्रहरी कार्यालयले सामानसहित ट्रक र चालक नियन्त्रणमा लिएको छ।
सामान र चालक नियन्त्रणमा लिएपनि विक्रि गर्ने र खरिद गर्ने दुवै व्यसायी फरार भएका छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ।
प्रहरीले तत्काल घण्टी कहाँबाट चोरी भएको भन्न सकिने अवस्था नभएको बताए। यस सन्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। विक्रि गर्ने र खरिद गर्ने फेला परेपछिमात्र यस सम्वन्धमा थप बताउन समिने गोलबजार प्रहरीले जनाएको छ।
विक्रि गर्ने यादव चोहर्वा बजरमा बिकास समितीका सदस्यीयसमेत हुन्।
पछिल्ला दिनहरुमा गोलबजार क्षेत्रका मन्दिरहरुबाट घण्टी चोरी हुँदै आएको छ। गोल्बजर नगरपालिका ८ दुर्गा मन्दिर, गोलबजार २ को राजदेखि विन्दरबाट घण्टीहरु चोरी भएको थियो।






















