सिरहा, २ मंसिर। कार्तिक शुक्ल पूर्णिमाकादिन तीन दिनअघि शुक्रबार कमला नदीमा नुहाउने क्रममा हराईरहेका दुई बालक छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेलापरेका छन्। कर्जन्हा १ उत्तरबाहिनी क्षेत्रबाट आइतबार मिर्चैया नगरपालिका ५ का रामनाथ साहका छोरा करिब १५ वर्षीय लक्ष्मण साहको शव भेटिएको हो।
महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र थापा कमान्डको गोताखोर टोलीले खोजतलासको क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सुचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
सोहीदिन हराईरहेका सिराहा नगरपालिका ६ बसबिट्टास्थित कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका सिराहा नगरपालिका १५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव हुलाकी सडकको कमला पुलदेखि करिब पाँच सय मिटर दक्षिण पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ।
परिवार र आफन्तहरूले आइतबार बिहानदेखि ६–६ जनाको समूह बनाएर पूर्व–पश्चिम किनार हुँदै दक्षिणतर्फ खोजी गर्ने क्रममा कमला पुलको करिब पाँच सय मिटर दक्षिणपट्टि शव भेटिएको सिराहा प्रहरीहा प्रहरी बताए।
बसबिट्टा र उत्तरबाहिनी दुवै ठाउँमा शव भेटिएपछि जिल्ला प्रहरी र मातहतको प्रहरी युनिटबाट घटनास्थल पुगेको प्रहरीले घटनास्थल मुचुल्कासहितका आवश्यक प्रक्रिया पूरा गरी पोेस्टमार्टमका लागि यादवको शव प्रादेशिक अस्पताल सिराहा र साहको शव रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।