सिरहा,९ कात्तिक। सूचना हकका लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको सम्पन्न दोश्रो महाधिवेशनबाट 

अध्यक्षमा अजय कुमार साह निर्विरोध निर्वाचित भएको छ। 

महाधिवेशनले समावेशी उपाध्यक्षमा राकेश प्रसाद चौधरी, महिला उपाध्यक्षमा पार्वती सुब्बा, महासचिवमा कृष्ण प्रसाद थपलिया, सचिवमा दिलिप कुमार सहनी, महिला सचिवमा आरती बुढाथोकी, कोषाध्यक्षमा अनिता कुमारी यादव चयन भएका छन्  भने सदस्यहरुमा निर्मला कुमारी दाहाल, बद्रीनारायण यादव, मनोज कुमार रौनियार, बिशाल बस्नेत, दिवेश कुमार महतो, संदिप प्रसाद यादव निर्वाचित भएको महासंघले जनाएका छन्।

सूचना हकका लागि राष्टिय महासंघका केन्द्रिय अध्यक्ष उमिद् बाग्चनले पानसमा बत्ति बालेर महाधिवेशनको उद्घाटन गरे। सूचनामा आमनागरिकको सहज पहँुच पु¥याउन ठोस रणनीतिका साथ महासंघ अगाडि बढिरहेको सन्दर्भ झल्काउदै अध्यक्ष बाग्चनले भने,‘जुन गतिमा सूचना माग्ने परिपाटिको विकास हुन्छ त्यही गतिमा भ्रष्टाचार न्यूनीकरण भई सुशाषन कायम हुनेछन्।’

थिति बसाल्न सबैभन्दा सहज र सजिलो टुल्स सूचनाको हकको प्रयोग रहेकोले त्यसलाई सबैले प्रयोग गर्नुपर्ने उनले धारणा राखे। सुरुवातीको चरणमा सूचना माग्न समान्य जटिलता लाग्न सक्नेछन् तर प्रावधानहरु बुझ्दै जाँदा सहज लाग्न थाल्ने उनको तर्क छ।   

सूचनाको हकलाई व्यवहारमा अधिकत्तम प्रयोगमा ल्याउन रणनीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने मधेश प्रदेश अध्यक्ष अजय कुमार साहले प्रतिबद्धता जनाए। आउने केही महिनाभित्र मधेश प्रदेशको ८ वटै जिल्लामा महासंघको जिल्लामा कमिटि विस्तारमा विषेश ध्यान दिइने उनको भनाई छ। 

मधेश प्रदेशको ८ वटै जिल्लामा सूचना माग्नका लागि सूचना मागकर्ताको  संख्यामा अभिबृद्धि ल्याउन त्यस अनुसारका कार्यक्रमहरु संचालन गरिने छन। उक्त महाधिवेशनमा नागरिक अगुवा, युवा, विद्यार्थी तथा अन्य पक्षका व्यक्तिहरुको सहभागीता रहेको थियो। 

सूचना हकका लागि राष्टि«य महासंघ मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुले महासंघका केन्द्रिय अध्यक्ष उमिद् बाग्चनबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेको महासंघले जनाएका छन्।