सिराहा, २२ असोज। सिरहा प्रहरीले करिव १४४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका २१ पिपरा टोलबाट १४३ ग्राम ७४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सिरहा १४ का १९ वर्षीय सतिस दास र ३५ वर्षीय आईसोत मण्डललाई बुधबार वेलुका नियन्त्रणमा लिएको हो। 

लकडीगोठबाट माडरतर्फ जाँदै गरेको स. ८ प ६२९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरील चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।  

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।