विराटनगर, ३२ असार। जिल्ला प्रशासन र प्रहरीको टोलीले इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ। जेलका नाइके, चौकीदार र एक कैदीसहित ३ जनाबाट स्रोत नखुलेको रकम बरामद भएको हो।
रकमको स्रोत आधिकारिक भए सम्बन्धितले फिर्ता पाउने प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मण ढकालले जानकारी दिए। । ‘जेलमा रहेका ३ व्यक्तिसँग यत्रो रकम कसरी भेला भयो भन्ने अनुसन्धान हुन्छ’, सिडिओ ढकालले भने।
अवैध रकमको सूचनाका आधारमा प्रहरीले बुधबार अपरान्ह छापा मारेको थियो। जेलको ७ नम्बर कोठाबाट बरामद रकममा २४ हजार रुपैयाँको भारु नोट पनि छ।






















