सप्तरीको फत्तेपुरमा सुरक्षा गार्डको खुकुरी प्रहारगरी हत्या

    • वैशाख २७, २०८१
    • २३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको खुकुरी प्रहारगरी हत्या भएको छ। नेपाल बैंक लिमिटेड शाखा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा कार्यालयका सुरक्षा गार्ड ५६ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो।

    मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन्।

    बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको जिल्ल प्रहरीकार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

    प्रहरीले भने घटनाको बारेमा बिहान ६ बजेतिर मात्र जानकारी पाएक थिए।

    डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ।

    ‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेपनि लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको डीएसपी न्यौपानेले जानकारी दिए।

    घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अनुधन्धानमा बाधापर्ने भन्दै पक्राउपरेका व्यक्तिको परिचयभने खुलाएको छैन।

    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल