५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

    • वैशाख २४, २०८१
    • २४२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बिशाल बस्नेत

    महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० केजी गाँजासहिते एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलिले ५० केजीगाँजा, भारतीय नम्बर प्लेट एमएच ४३ एवी ५६६ नम्बरको सेतो रङ्गको कारसहित सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई नियन्त्रणमा लिएको हो।

    तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उन्लाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो। इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलिले चेकजाँच गर्दा उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडी फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी डीएसपी संतुलाल प्रसाद जैसवारले जानकारी दिए।

    पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ। प्रहरीले उक्त कार बरामद गरेको छ भने अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल