अधिकृत केसीले सञ्चारजगत र गोलबजार नगरवासीसँग माँगे माफी

    • चैत ३०, २०८०
    • ९३८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    सिरहा, ३० चैत। गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र पत्रकार अर्जुन थपलियाविच गत चैत २१ गते भएको असहज फोन सम्वाद मानविय त्रुटीबस भएको भन्दै क्षमा याचना गरेको छ। गोलबजार नगरपालिकाका प्रतिनीधि र पत्रकार थपलिया तर्फका प्रतिनिधी सञ्चारर्कीहरुको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत केसीले त्रुटीप्रति लिखित क्षमायाचना गरेको हो।

    जारी प्रतिबद्धता पत्रमा मानवीय भुलचुक र त्रुटी नदोहरिने सम्पूर्ण सञ्चार जगत र गोलबजार नगरवासीसँग प्रतिबद्धता जाहेर गरेको छ।

    प्रतिवद्धता पत्रमा अवको दिनमा एक आपसमा सहकार्य, समन्वय र जिम्मेवारी पूर्वक प्रस्तुत हुँदै अगाडी बढ्ने, कसैको व्यक्तिगत जीवनमा आँज आउने गरी प्रस्तुत नहुने, प्रेस स्वतन्त्रता र मानव अधिकारको सवदैव आत्मासाथ गर्नेलगायत उल्लेख गरिएको छ।

    प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले दावानल अनलाईन पत्रिकाका कार्यकारी सम्पादसमेत रहेका पत्रकार थपलियालाई समाचार लेखेकै कारण फोनबाट गालीगलौज गर्दै गोली ठोकेर ज्यानमार्ने धम्की  थिएको अडियो रेकर्ड विभिन्न अनलाईनहरुमार्फत सार्वजनिक भएको थियो।

    SHREEDHAR KC

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल