मंसिर ७ मा युवा संघ र दुर्गा प्रसाईँ समूहलाई माइतीघरमा कार्यक्रम गर्न प्रतिवन्ध

    • मंसिर ४, २०८०
    • ३१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ४ मंसिर। नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा पप्रसाईंको आयोजनामा मंसिर ७ गते बुधबार हुने भनिएको विरोध प्रदर्शन माइतीघरमा गर्न नदिइने भएको छ। जिल्ला प्रशासन कार्याल काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघरमा कार्यक्रम गर्न नदिइने निर्णय भएको बताए। उनले दुवै समूहलाई बोलाएर माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताए। उनले भने, ‘हामी दुवै पक्षसँग संबाद गरीसकेका छौं, उहाँहरूलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने जानकारी गराई सकेका छौं’

    युवा संघ र दुर्गा प्रसाईँले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन्। दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने र प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने बताए।

    सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार प्रशासनले तोकेको ठाउँमा विरोध प्रदर्शन गरेमात्र राज्यले पनि सुरक्षाको प्रत्याभूति दिने बताउँदै सुरक्षा खतरा हुनेगरी कुनै पनि कार्यक्रम आयोजना गर्न नदिएने बताए।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल