काठमाडौं, २७ असोज। भारतले हवाई यात्रा गर्दा पावर बैंक बोक्न रोक लगाएको छ। भारतको नागरिक उड्डयन महानिर्देशानालयको एरोनटिकल इन्फर्मेसन सर्कुलरका अनुसार मोबाइल पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरुमा क्याबिन ह्यान्ड ब्याग, ब्यागेज वा कार्गोको रुपमा बोक्न पूर्ण रुपमा प्रतिबन्धित गरिएको छ।

नेपाल एयरलाइन्सले नेपालबाट भारत एवं भारतबाट नेपालतर्फ यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले साथमा पावर बैंक नलिई यात्रा गर्न अनुरोध गरेको छ।

newskarkahna-news936080.