फाईल फोटो।

लहान, २६ असोज। उदयपुर प्रहरीले प्रतिवन्धित लागुऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाकोे  कटारी नगरपालिका ६ सागुरी पुलनजीकै वनक्षेत्रबाट एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ताप्ली गाउँपालिका २  धपेनीका २२ वर्षीय विश्वराज राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलिले उनलाई ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित पक्राउ गरेको उदयपुर प्रहरीले जानकारी दिए। 

प्रहरीले उक्त कारोबारमा संलग्न रही हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी गरिरेको जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।