सिरहाका बजारहरुमा छठ पूजा सामाग्री किन्नेहरुको घुइँचो

    • मंसिर १, २०८०
    • १८९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १ मंसिर। आस्था एवम् निष्ठा पूर्वक धुमधामसँग मनाइने छठ पूजाको लागि पूजा सामाग्री किन्ने श्रद्धालुहरुको बजारहरु लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैया लगायतका बजारहरुमा घुइँचो लाग्ने गरेको छ।

    श्रद्धापूर्वक मनाइने छठ पर्वका लगि पूजाका सामाग्रीहरु बाँसले बनेको ढाकी, नाङलो, कोनीयाँ, डगरी, उखु, केरा, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला लगायका सामाग्रिहरु किन्न वजारमा घुइँचो लागेको हो।

    chath

    पर्व नजिकिएसँगै बजारमा पूजा सामाग्रीसहित परिवारका सवैलाई नयाँ कपडा किन्नेको घुईंचो लागेको छ। तराई मधेशमा उल्लासका साथ मनाइने यो पर्वमा परीवारका सवै सदस्यहरुलाई नयाँ कपडा लाउने र मिठो परीकार खाने गरिन्छ।

    बजारमा ग्राहको बढोत्तरी भएसँगै व्यापारीहरुले कृत्रिक अभाव गराएर मानग्रीहरुको मूल्य बृद्धि गरेको उपभोक्ताको आरोप रहँदै आएको छ। बजारमा अनावश्यक मूल्यवृद्धिहँदा पनि सरोकारवालाहरुको अनुगम फितलो भएको गुनासो छ। गत वर्षको तुलनामा यसपल्ट पूजा सामाग्रीमा दोब्बर मूल्य वृद्धि भएपछि पूजाको सामाग्री किन्न निक्कै सकस भइरहेको उपभोत्ता वताउँछन्।

    सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेशमा धुमधामसँग मनाईने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ।

    चार दिनसम्म निष्ठापूर्वक मनाइने यो पर्व आज नेहाय खाय (नुहाएर खाने) विधिबाट सुरु भएको छ। भोलि खरना (खिर खाने) र पर्सी आइतबार अस्थाउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएसँगै पर्व समापन हुनेछ।

     

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल