सिरहा, ११ भदौ। राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्ने गोलबजार नगरपालिका ३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताएको छ।

कोपीला महिला बचत तथा ऋण सहकारी संस्था लि. जमदहको २६ औं साधारणसभालाई सम्वोधन गर्दै वडा अध्यक्ष लामाले राजनीतिमापनि शुशासन, अनुसाशन र पारदर्शीताको लागि महिला नेतृत्व आवश्यक रहेको बताउनु भएको हो।

पुरुषहरुको नेतृत्वमा रहेको संस्था प्रायः जोखिममा रहेको भन्दै एकक्षत्र राज रहेको स्थानीय सरकारमा महिला नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘महिलाको नेतृत्वमा रहेका संस्थाहरु प्रायः सफल हुनेगरेकाले स्थानीय सरकारमा अहिले भएको कुशासन, अनुशासनहिनता र समान विकासको निम्ति महिला नेतृत्व आवश्यक छ।’

सानो पुजिबाट विगत २६ वर्षदेखि निरन्तर नाफामा रहेको सहकारीलाई थप राम्रो बनाउँदै समाजलाई पनि सुन्दर बनाउनु सक्रिय हुनु पर्नेमा जोड दिए।

सोही क्रममा संस्थाका अध्यक्ष भगवत्ति पाख्रिनले २०५५ सालमा ३८ जना महिलाहरुले २३ हजार पुँजीबाट सुरु भएको सहकारीको अहिले एक हजार चार सय सदस्य र कुल सम्पती छ करोड ८२ लाख छ हजार एक सय २६ रहेको जानकारी दिए।

आर्थिक वर्ष ०७९÷८० सम्मा एक करोढ ३९ लाख दुई हजार नौ सय २१ शेयर पूजी, विभिन्न शिर्षको बचत निक्षेत्रमा तीन करोड ६५ लाख २५ हजार दुई सय ३८ रुपैयाँ रहेको छ भने, जगेडा तथा अन्य कोषमा ९१ लख ५४ हजार आठ सय ९०, चालु दायित्व तथा व्यवस्थामा ४७ लाख ५३ हजार ७६ रुपौयाँ, जोखिम व्यवस्था कोषमा २४ लाख दुई हजार नौ सय पाँच रुपैया रहेको अध्यक्ष पाख्रिनले जानकारी दिए।
यस अवधिमा सहकारीले आफ्नै जग्गामा भवन सहितको ५० लाख २२ जहार चार सय २२ रुपैयाँ बरावरको स्थिाई सम्पति समेत जोडेको अध्यक्ष पख्रिनले बताए।

साधारणसभामा गोलबजार नगरपालिकाका पूर्व उपमेयर रेशम कुमारी थापा, राष्ट्रिय सहकारी बैंकका समिर श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी महासंघका जिल्ला अध्यक्ष संजय सिंह, व्यवस्थापक शिवदयाल महतो लगायतका शुभकामना व्यक्त गरेका थिए।

उनीहरुले आर्थिक मन्दिका कारण सहकारीमा सामान्य समस्या देखिएपनि सहकारी नमुना ढङ्गले अगाढी बढेको बताए। ठूलो संख्यामा सदस्य रहेका भएपनि कुनै ऋण नलिई आत्मनिर्भर भएर रहेको बताए।

लामो समयदेखि एकैजनाको सफल नेतृत्वमा सञ्चालित यस संस्थाको आर्थिक आत्मनिर्भरतासँगै समाजसेवाको मूख्य ध्यय रहेको अध्यक्ष पाख्रिनले बताए।

साधारणसभाकै अवसर पारेर सहकारीले विभिन्न विषयमा उत्कृष्ट भएका २५ जना शेयरधनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। ११ जना जेष्ठ नागरिक सदस्य, एक जना उत्कृष्ट बचतकर्ता, आठ जना मासिक नियमित बचतकर्ता र ५ जना असल ऋणीसहित २५ जनालाई संस्थाले सम्मान गरेको हो।

c1 c2 Hoarding_Editable