सिरहा, १० साउन। सिरहामा पशुमा लाग्ने लम्पी स्किन रोगका कारण एक हजार दुईसय भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी प्रभावित भएको छन्।
जिल्लाको १७ वटै पालिकामा लम्पी स्किन रोगका कारण एक जार दुई सय १८ पशु चौपायाको मृत्यु र १५ हजार दुईसय ९३ गाई। गोरु र भौसी प्रभावित भएका छन्।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाले जनाए अनुसासर अर्नमा गाउँ पालिकामा लम्पी स्किनबाट १० वटा गाई गोरु प्रभावित भएका छन् भने एउटाको मृत्यु भएको छ। औरही गाउँ पालिका २५ प्रभाति, एक मृत्यु, नरहा गापामा ४० प्रभावित, नवराजपुर गापामा ३०० प्रभावित र ५० वटा मृत्यु, बडियारपट्टी गाउँ पालिकामा एक हजार दुई प्रभावित र दुई पशु चौपायाको मृत्यु, भगनावनपुर गाउँ पालिकामा १५९ प्रभावित, १३ मृत्यु, लक्ष्मीपुर पतारीमा ५०० प्रभावित, विष्णुपुर गाउँ पालिकामा २५ प्रभावित, सखुवानक्कारकट्टी गाउँ पालिकामा २५० प्रभावित भएका छन्।
त्यसैगरी, कल्याणपुर नगरपालिकामा १५० प्रभावित र एकको मृत्यु, गोलबजार नगरपालिकामा ९०० सय प्रभवित, धनगढीमाई नगरपालिकामा एक हजार प्रभावित र एक सयको मृत्यु, मिचैया नगरपालिकामा ४८० प्रभावित र ३५ मृत्यु, लहान नगरपालिकामा १० हजार ३५० प्रभावित र एक हजारको मृत्यु भएको छ।
त्यसैगरी, सिरहा नगरपालिकामा २ वटा प्रभावित, सुखिपुर नगरपालिकामा १०० प्रभावित र १५ को मत्यु भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाले जारी गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ।
रोगको प्रकोप देखिएपछि गोलबजार, धनगढीमाई, लहान नगरपालिकाले उपचारको प्रवन्द मिलाएको छ। रोग देखिएपछि धनगढीमाई नगरपालिका पशुशाखाले गाउँ गाउँ गएर उपचार र सल्हाहसुझाव दिएको पशु शाखा प्रमुख जीवनारायण यादवले जानकारी दिए।
उनले भने, ‘यो रोग भाईरसबाट सर्ने भएकाले रोग लागेका पशुलाई छुट्टै राखेर उपचार र स्याहार गर्नु पर्छ। हामीले सकेसम्म निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाईरहेका छौं। गाउँमै गएर उपचार र सल्लाह दिने काम पनि भईरहेको छ।’
गोलबजार नगरपालिका पशु शाखाले पनि गाउँमै पुगेर उपचार गरिरहेको जनाएको छ। लम्पी स्किन रोग लागेका पशुहरुको जिउभरी दाग र गिर्खा जस्तो देखिने र सरीरको भित्रीभाग बढी प्रभावित भएर मृत्युसम्म हुने गरेको पशु स्वास्थ्यकर्मीहरुको कथन रहेको छ।