काठमाडौं, २ कातिक। लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय जेनजी नागरिक अभियान र लुम्बिनी बचाउ महाअभियानले विरोध जनाएका छन्। दुवै अभियानले नियुक्ति तत्काल खारेज गर्न माँग गर्दै निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

गएको असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो।

राष्ट्रिय जेनजी नागरिक अभियानले आज विज्ञप्ति निकाल्दै कानूनी अनुसन्धानको घेरामा रहेको भनिएको व्यक्तिलाई पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र व्यवस्थापन गर्ने निकायको नेतृत्व दिनु विधिको शासन र सुशासनको सिद्धान्त विपरीत भएको दाबी गरेको छ।

यसैबीच लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले पनि डोल्माको नियुक्ति खारेज गर्न माग गर्नुभएको छ। उनले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझेको, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताए।

sun chandi sang