काठमाडौं, ६ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।

उनी पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका हुन्। 

त्यहाँबाट भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

सभापति लामिछानेको निजी सचिवालयले भारत भ्रमण ३ दिनको हुने र यो निजी तथा पारिवारिक तीर्थाटन भएको जनाएको छ।

भारत भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

उनको सचिवालयले भनेको छ, ‘तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी उहाँ स्वदेश फर्किनुहुनेछ।’

sun chandi sang