लहान, २ कात्तिक। सप्तरी प्रहरीले करिव ७२ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बलान बिहुल गाउँपालिका ६ मौवहा पुवारी टोल नजिक सडकबाट अवैध लागूऔषध गाँजा ७२ किलो ५०५ ग्राम सहित सिराहा भगवापुर गाउँपालिका ४ कल्याणपुर का ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका १ बस्ने ३७ वर्षीय मनोज कुमार मण्डललाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको जनाएको छ।
सप्तरी प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।























