सिरहा, ६ कात्तिक। ‘हरियाली सहर, समृद्ध सिरहा’ भन्ने मूल नारासहित सिरहा नगरपालिकामा सडक सौन्दर्यीकरण तथा वृक्षा (गुलमोहर) रोपण अभियानलाई अघि बढाउने उद्देश्यले युवाहरू सक्रिय भएका छन्। सडकलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउँदै वातावरण संरक्षणमा योगदान पुर्‍याउने लक्ष्यका साथ सञ्चालन हुन लागेको यस अभियानले स्थानीय स्तरमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

सिरहा नगरपालिकाको सडक सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत गुलमोहर वृक्षारोपण अभियानले नगरको सौन्दर्य वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न, हरियाली प्रवर्द्धन गर्न र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यस अभियानका आयोजक आशुतोष यादव रहेका छन् भने सहभागी युवाहरूमा निरज यादव, नवीन साह, नवीन यादव, रविन्द्र यादव, सुलभ यादव, सुभाष यादव, नरेश मण्डल, अमृत यादव र लभ यादव लगायतका युवाहरू रहेका छन्। अभियानलाई सफल बनाउन युवाहरूको एकता, सक्रियता र सामूहिक प्रयासलाई महत्त्वका साथ हेरिएको छ।

अभियानका मार्गदर्शकका रूपमा डा। चन्द्रशेखर यादव रहेका छन्। युवाहरूको सहभागितामा अघि बढाइने यस्ता सामाजिक अभियानले स्थानीय विकासमा नागरिकको भूमिका बलियो बनाउनुका साथै सरसफाइ, वृक्षारोपण र सार्वजनिक सम्पत्तिको संरक्षणप्रति जनचेतना फैलाउन सहयोग पुग्नेछ।

‘हरियाली बढाऔँ, वातावरण जोगाऔँ, सडक सफा राखौँ र सुन्दर सिरहा बनाऔँ’ भन्ने सन्देशका साथ अघि बढाइएको यस अभियानले नगरवासीलाई पनि आफ्नो टोल, सडक र सार्वजनिक स्थान सफा राख्न तथा वृक्षारोपणमा सहभागी हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

स्थानीय विकास केवल सरकारी प्रयासबाट मात्र सम्भव हुँदैन, नागरिकको सहभागिता, युवाहरूको नेतृत्व र सामूहिक जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छ। सिरहालाई स्वच्छ, हराभरा र सुन्दर नगर बनाउने अभियानमा युवाहरूको यो सक्रियता प्रशंसनीय छ।

kumar