फाईल फोटो।
गोलबजार, ३१ असोज। सिरहाको गोलबजार नगरपालिका १ बलडाँडास्थित बरडाँडामा गाँजाका बोट फँडानी गर्ने क्रममा गोलबजारका इन्सपेक्टर दिपकखरेल प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर दिपकखरेलको नेतृत्वमा गएको टोलिले गाँजा फँडानी गर्ने क्रममा खेतको बीच भागमा पुराना काठको गोलियाबीच लुकाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजाको बोट लगाइएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खेतबारीमा पुगेर खानतलासी गरी गाँजा फडानी गरेको र सोही क्रममा एक थान कटुवा बरामद गरेको जानकारी दिए।
सो क्रममा प्रहरीले तितेकरेलाको थाँक्रा (मचान)को विच विचमा लगाइएको करिव १५० गाँजाका बोट फँडानी गरेको छ।
प्रहरीका अनुसार पेस्तोलमा नम्बर नभएको र गोलीसमेत नभएको अवस्थामा फेला परेको थियो।
बरामद पेस्तोलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।






















