प्रादेशिक अस्पतालमा ८१ दिनपछि नयाँ जेनेरेटर खरिद, आइसियू र डायलासिस सेवा नियमित हुने

    • असार १७, २०८०
    • ४३० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेन्द्रकुमार कामती

    सिरहा, १७ असार। सिरहा मधेस प्रदेशको उत्कृष्ट प्रादेशिक अस्पताल सिरहामा पूरानो ठूलो जेनेरेटरमा आगलागी भएको ८१ दिनमा नयाँ जेनेरेटर खरिद भएको छ।

    गत चैत २९ मा आगलागी भएर ठूलो जेनेरेटर नष्ट हुँदा प्रादेशिक अस्पताल सिरहामा आइसियू, डायलासिस र एक्सरेलगायतका सेवा प्रभावित हुँदै आइरहेको थियो।

    यस सम्बन्धमा नयाँ पत्रिकामा समाचार प्रकाशित गरेपछि मधेस प्रदेश सरकारले जेनेरेटर खरिद गर्न प्रादेशिक अस्पताल सिरहालाई ३० लाख रुपैयाँ निकासा गरेको थियो।

    जेनेरेटर खरिद गर्न ३० लाख र जेनेरेटर राख्ने कोठा निर्माण गर्न प्रदेश सरकारले १० लाख गरी ४० लाख रुपैयाँ पठाएको प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी अशोककुमार सिंहले बताएका छन्।

    प्रदेश सरकारले रकम निकासा गरेपछि प्रादेशिक अस्पताल सिरहाले महिन्द्रा कम्पनीको पावररोल २०० केभिएको ५० हर्सपावरको जेनेरेटर खरिद गरेको सूचना अधिकारी सिंहले बताए।

    खरिद गरिको जेनेरेटर शनिवार प्रादेशिक अस्पताल सिरहा आइपुगेको र जडानको काम सम्पन्न गरी आजदेखि विद्युत सुचारु गर्ने तयारी भईरहेको सूचना अधिकारी सिंहले बताए।

    सदरमुकाम सिरहाको सडक विस्तारको क्रममा भएको तोडफोड, हावाहुरी, वर्षाका कारण प्रादेशिक अस्पताल सिरहामा नियमित रुपमा विद्युत आपूर्तिमा कठिनाई भइरहँदा डायलासिस लगायतका सेवा प्रभावित भईरहेको सिंहले बताए।

    ‘नयाँ जेनेरेटर आएसक्यो,’ सूचना अधिकारी सिंहले भने, ‘अब वैकल्पिक रुपमा विद्युत आपूर्तिकै कारण सेवा प्रवाहमा कुनै समस्या हुँदैन। हामीलाई चाहिने विद्युत नियमित हुनेगरी जेनेरेटर खरिद भइसक्यो।’

    करिब २५ लाखको लागतमा जेनेरेटर खरिद भएको र पाँच लाखको लागतमा जेनेरेटर राख्ने भवन निर्माण भइरहेको सूचना अधिकारी सिंहले बताएका छन्।

    जेनेरेटर नहुँदा र विद्युत प्राधिकरणले विना सूचना विद्युत कटौती गर्दा डायलासिस लगायतका सुविधा ठप्प हुँदै आइरहेको थियो। डायलासिस लगायतका सुविधा ठप्प हुँदा विभिन्न गाउँवाट डायलासिस गराउन आउने मृगौला रोगीहरु आन्दोलित हुनु परेको थियो।

    नयाँ पत्रिकाबाट।

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल