प्रादेशिक अस्पताल सिराहाका चिकित्सको चरम लापरवाहि, परिवार नियोजनको शल्यक्रिया गर्दा आन्द्रा नै काटियो

    • असार ७, २०८०
    • ९१० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    मुकेश कुमार यादब/सिरहा ७ असार । प्रादेशिक अस्पताल सिरहाका चिकित्सकको लापर्वाहीले सेवाग्राही मर्कामा परेका छन्। परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका चिकित्सकको चरम लापर्वाहीका कारण आन्द्रा काटिदा जिल्लाको गोलबजार नगरपालिका ११ बलकवाकी ३२ वर्षिय अम्विका यादब मर्कामा परेकी हुन्।

    asptal (7) गत पुस ५ गते परिवार नियोजनको लागी सिरहा प्रादेशिक अस्पताल गएका उनको शल्यक्रिया गर्ने क्रममा प्रादेशिक अस्पताल सिरहाका सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादबको लापर्वाहीले आन्द्रा नै काटिदिएको उनका श्रीमान उमेश यादबले जानकारी दिए।

    अप्रेशन गरेको भोली पल्ट पेटमा अत्याधिक पेन हुन थालेपछि लाहानको निजि अस्पतालमा लगें; यादवले भनि, ‘त्याहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी धरानको विपि कोइराला विज्ञान प्रतिस्ठान पुर्याएँ। वितको ६ महिलनादेखि त्यही उपचार भईरहेको छ।’

    उनले भने, ‘ परीवार नियोजनको क्रममा आन्द्रा काटिएर पेट भित्र पिप भरिएरीएपछि शरिरको अन्यभागमा पनि इन्फेक्सन् फैलिएकाले पुनः शल्यक्रिया गनुपर्यो। हस्पिटलको सानो लापर्वाहीले मेरो सर्वस्व स्वाहा भयो, आइसियुमा मात्र करिव ४५ दिन राख्नु पर्यो। म अहिले मानसिक र आर्थिक दुवैरुपले अहिले तन्नम भएको छु।’
    ‘आन्द्रा काटिएकै कारण पछिल्लो छ महिना देखि निरन्तर उपचारमा छौं, यस क्रममा ८५ लाख रकम खर्च भइसकेको छ। अझै कति हुने हो पत्तो छैन।’ यादवले भने।asptal (4)

    सिरहा प्रादेशिक अस्पताका प्रमुख सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादबले नै शल्यक्रिया गरेको यादवको भनाई छ।
    यादवले अस्पतालका प्रमुख डा. नागेन्द्र यादबलाइ गुणसो गर्दा, तपाई अहिले उपचार गराउनुस् पछि वसेर कुरागरौला भनेको बताए। तर, पछिल्ला दिनहरुमा उठाउन छाडेको यादवले बताए।
    ‘आफ्नो भएको सारा सम्पती सकिसक्यो, कसरी उपचार गराउने; भन्दै यादवले दुखेसो पोखे।

    त्यसैगरी, जिल्लाको गोलबजार नगरपालिका २ गुरुधाम माइती भएकी रिंकु सिंह पनि प्रादेशिक अस्पतालका चिकित्सक तेज शंकर यादबको लापर्वाहीका कारण मार्कामा परेकी छन्।

    महोत्तरीको गौशाला नगरपालिका १० बटौवा टोलकी रिंकु सिंहको श्रीमान अजय कुमार महतोले श्रीमतीको उपचारमा चिकित्सक तेज शंकर यादबले चरम लापर्वाही गरेको गुनासो गरे।asptal (5)

    चिकित्सकको गम्भीर लापरबाहीकाबम कारण मेरो श्रीमतीको जिवन धरापमा परेको बताए। उनले भने, ‘गत मसिंर २९ गते सुत्केरी गराउन प्रादेशिक अस्पतालमा भर्ना गराए। सर्जरी गर्ने क्रममा गज पिस पेटभित्रै भित्रै छोडेर सिलाइएको रहेछ। रगत लतपतिएको गज पिस पेटभित्रै कुहिएर करिव १ महिना पश्चात उनको आन्द्रामा असर ग¥यो। पछि उनको ३१ सेन्टिमिटर आन्द्रा काटेर फयाल्नु पर्यो।’
    उपचारकै क्रममा रहेका मेरी श्रीमती अझै आफै खान, सुत्न,र हिँड्डुलगर्न समेत सक्ने अवस्थामा छैनन्।

    महतोले भने, ‘श्रीमतीको शल्यक्रिया गर्ने प्रादेशिक अस्पताल सिराहाका चिकित्सक डा. तेजशंकर यादवमाथि कारबाहीको माँग गर्दै २५ जेठमा जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएको जनाए। उनले थपे, ‘ शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेको कारण आफ्नी श्रीमतीलाई जीवनभर मानसिक तनाव हुन सक्ने भन्दै कारबाही र क्षतिपूर्ति सहितको माग गरेकोे बताए। उनले भने, ‘पीडितको जाहेरी प्रहरीले दर्ता नगर्दा अन्यायमा परेको महसुस भइरहेको छ ।
    शल्यक्रिया गर्ने डा. तेजशंकर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका भतिजा रहेकोले खुल्न आएको छ।

    भतिजालाई बचाउन सुपरिटेन्डेन्टले अरु डा. लाई फसाउन खोजिरहेका छन्। भतिजा जोगाउन उनले शल्यक्रिया गर्ने डा. रोकेश सिंह रहेको बताए।
    यता डा. राकेश सिंहले आफूलाई फासाउन खोजेको बताएको छ। एनले रिंकको सर्जरी नगरेको भन्दै प्रहरी जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए।
    रिंकुकुमारी सिंहको सर्जरी डा. तेजशंकर यादवले गरेको अस्पतालको कागजातबाट पुष्टि हुन्छ। ‘गाइने/ओब्स’ रजिस्ट्ररमा ७८ नम्बरमा रिंकुको नाम र सर्जरी गरेको चिकित्सक, असिस्ट गरेको अर्को चिकित्सक र अप्रेसनमा सहभागी स्वास्थ्यकर्मीको नाम उल्लेख छ।

    अस्तालको रजिष्टरमा पनि डा. तेजशंकर स्त्रीरोग विशेषज्ञको नाम उल्लेख गरेको छ। र मातृ तथा नवजात शिशु सेवा रजिस्ट्ररमा पनि सुत्केरी गराउने स्वास्थ्यकर्मीको नाउँमा डा. तेजशंकर यादव लेखिएको छ।

    यस विषयमा बुझ् मेसु डा. नागेन्द्रप्रसाद यादवको कार्यालयमै पुगेपनि भेट हुन सकिएन। पछि फोन सक्पर्क हुँदा उनले परिवार नियोजन गर्दा आन्द्रा काटिनै नसक्ने बताए। कुरा अगाडी बढाउन खोज्दा आफू कार्यक्रममा रहेकाले भेटेरै कुरा गरौंला भन्दै फोन काटे।asptal (9)

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल